३० भाद्र २०८२, सोमबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 11th, 2025

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी नासा सेक्युरिटीजले प्रायोजन गरेको हो ।

नयाँ जर्सीको आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक गर्नुभयो ।

जर्सी प्रायोजनसम्बन्धी सम्झौतामा आइतबार नै क्यानका अध्यक्ष चन्द र नासा सेक्युरिटीजका निर्देशक मदन पौडेलबिच हस्ताक्षर भएको छ । यसअघि नेपाली क्रिकेट टोलीको प्रायोजकमा केल्मी थियो । जर्सीमा क्यान र नासा सेक्युरिटिजको लोगो राखिएको छ ।

सोही कार्यक्रममा अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । सिरिजका लागि यसअघि नै क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

नेपालले अस्ट्रेलियाको सिरिजलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्