अमेरिका । ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
इक्वेडरको रोड्रिगो पाज डेल्गाडोमा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता ब्राजिलले उरुग्वेलाई ५–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो।
नवौं संस्करणको महिला कोपामा ब्राजिलले ८ पटक उपाधि हात परेको छ । उसले सन् १९९१ देखि सुरु भएको कोपामा १९९८ बाहेक सबै प्रतियोगिताको विजेता हो ।
ब्राजिलको जितमा खेलको ११औँ मिनेटमा अमन्दा गुटरेले ११औँ मिनेटमा गोल गरिन् । त्यसको २ मिनेटपछि जियो गार्बेन्लीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । २७औँ मिनेटमा मार्टाले पेनाल्टीबाट गोल गर्दै ब्राजिल पहिलो हाफमै ३–० ले अगाडि रह्यो ।
ब्राजिलकी इशा हासले ५१औँ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै उरुग्वेलाई एक गोल उपहार दिएकी थिइन् । खेलमा कमजोर देखिएको उरुग्वे ५८औँ मिनेटमा १० खेलाडीमा समेटियो । उरुग्वेकी यामिला मारियाना रातोकार्ड खाँदै बाहिरिन पुगिन् ।
ब्राजिलले ६५औँ मिनेटमा अमन्दाले दोस्रो गोल गर्दै खेललाई विजयउन्मुख गराएकी थिइन् । त्यसपछि खेलको ८६औँ मिनेटमा ब्राजिलकी दुधिन्नाले गोल गरिन् ।
ब्राजिलले अब आगामी आइतबार बिहान कोलम्बियासँग खेल्नेछ । मंगलबार भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
सन् २०२२ मा पनि ब्राजिलले कोलम्बियालाई नै हराएर उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्