११ श्रावण २०८२, आईतवार

लघुकथाः दागबत्तीको लोभ

कोलोराडोखबर संवाददाता , July 26th, 2025

-आरसी रिजाल-
छोराले बोलाएकोले बुढाबुढी अमेरिका पुगे।एकमहिनाभित्र विभिन्न ठाउमा घुमाएपछी एकरात खानाखाने समयमा बुहारीले कुरा उप्काइन् — बुवा अब नेपालको घर बेचौँ।हामी यता भएपछि तपाईंहरु उता बस्न सुहाउँदैन । अन्तिममा दागबत्ती दिने छोराले नै हो। एकै ठाउमा बस्नपर्छ।यता घरको लोन तिर्दातिर्दा हैरान ।उता तेत्रो सम्पत्ति खेर गैरहेछ।नेपालको घर बेच्योभने ४/५ करोड त आउला। त्यसले घरको लोन तिर्न पुग्छ भनिन्।

बुढाले– आफ्नो पुर्खाले आर्जेको सम्पत्ति त्याग्न हाम्रो मनले मान्दैन। भोलि आप्रवासीलाई खेद्ने नियम बनायो भने हामी घर न घाटको हुन्छौँ। हाम्रो शेषपछि सम्पत्ति जेसुकै गर भने।

बुहारीले — हामी त यहाँको नागरिक भैसक्यौँ।हामीलाई खेद्न सक्तैनन् । सम्पत्तिको सदुपयोग गर्न जान्नुपर्छ।ल २/४ दिनभित्र निर्णय गर्नुस् भनिन्।

भोलिपल्टदेखि छोराबुहारीले अलि भिन्दै किसिमको व्यबहार गर्न लागे।बुढाबुढीको सल्लाह अनुसार तेस्रोदिन बुढाले –तिमीहरूको भनाइ ठिकै छ। हामी गएर बिस्तारै ग्राहक खोज्छौँ।सकेसम्म मुल्य धेरै पाइयो भने हाम्रो नाउमा पनि बैंकमा खाता खोलेर राख्न सकिन्छ भने।

हप्तादिनपछि बुढाबुढी नेपाल फर्के।यता आएपछि मोबाइलमा मेसेज पठाए — तिमीहरूको भनाइ मान्ने हो भने हाम्रो भबिस्य अन्धकार हुने निश्चित छ। आफ्नै आँखा अगाडि बिदेसमा बसेका सन्तानले आमाबाबुलाई बृध्दाश्रमा पुर्‍याएको देखेका छौँ ।त्यसैले बाबू हामीलाई “दागबत्तीको लोभ” देखाउन पर्दैन …।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्