कोलोराडो । नेपाली समाज टेक्ससको आयोजनामा यही जुलाई १९ र २० तारिख (शुक्रबार र शनिबार) हुन लागेको इन्टरस्टेट भलिबल प्रतियोगितामा सहभागी हुन डेनभर कोलोराडोको टिम टेक्सस प्रस्थान गरेको छ ।
सुमन केसीको संयोजकत्वमा कोलोराडोको टिम टेक्सस प्रस्थान गरेको हो । उक्त प्रतियोगितामा सफलताको लागि कोलोराडो निवासी नेपाली समुदायले शुभेच्छा व्यक्त गरेका छन् ।
खेलकुदको माध्यमबाट नेपाली समुदायमा आपसी सम्बन्ध विस्तार र एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली समाज टेक्ससले जनाएको छ ।
बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ग्राण्डपेरीस्थित टेक्सास इमेज भलिबल कम्प्लेक्समा खेल सञ्चालन हुनेछ ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार प्रतियोगिताका लागि टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो र पेन्सिलभेनिया लगायतका राज्यबाट सहभागिता रहने भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले शिल्डसहित ८ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले ५ हजार डलर र तेस्रो हुने टोलीले २ हजार डलर नगद पुरस्कार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्