३० भाद्र २०८२, सोमबार

यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० गोलले हरायो

कोलोराडोखबर संवाददाता , July 18th, 2025

नेपाल । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि अर्को फराकिलो जित निकालेको छ ।

ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई फेरि ७–० गोलले हरायो । एक पक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले दुई दुई गोल गर्नुभयो । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले एक एक गोल गर्नुभयो ।

यसअघिको खेलमा पनि नेपालले श्रीलङ्कालाई ७–० गोलले नै हराएको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा चार खेलपछि तीन जित निकालेको नेपालले नौ अङ्क बनाएको छ ।

नेपाल गोल अन्तरका आधारमा हाल शीर्षस्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्