२४ असार २०८२, मंगलवार

एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

कोलोराडोखबर संवाददाता , July 8th, 2025

नेपाल । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पहिलो पटक एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सात टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिनुभयो ।

काठमाडौँको तल्लो मुलपानी मैदानमा हुने लिगको खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । लिगका कूल २४ खेल हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनमा भिड्नेछन् ।

प्रतियोगितामा सहभागिताको लागि टोलीले बोल कबोलका आधारमा खेलाडी अनुबन्ध गर्नेछन् । प्रतियोगिताको टोलिले २१ लाख र उपविजेताले ११ लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

एनएसपीएलले यस प्रतियोगिताको विकास र विस्तारका लागि चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्