२३ असार २०८२, सोमबार

आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा

कोलोराडोखबर संवाददाता , July 7th, 2025

नेपाल । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा कायम छ।

वरियताको शीर्ष स्थानमा भारत यथावत छ । यसैगरी दोस्रोदेखि १०औं स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रेलिया पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिज छन्।

पाकिस्तान र बंगलादेशले एक स्थान सुधार गर्दा श्रीलंका र वेस्ट इन्डिज एक स्थान खस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्