२० असार २०८२, शुक्रबार

रियल मड्रिड युभेन्टसमाथि १-० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा

कोलोराडोखबर संवाददाता , July 2nd, 2025

अमेरिका । गोन्जालो गार्सियाले ५४ औं मिनेटमा गरेको हेडर गोलबाट रियल मड्रिडले युभेन्टसमाथि १–० को जित निकाल्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

जाबी अलोन्सोको म्याड्रिडले प्रभावशाली खेल खेल्यो । चोटबाट ग्रस्ट केलियन एमबाप्पेले पुनरागमन गरे। उनी खेलको ६८औँ मिनेटमा मिनेटमा विकल्पको रूपमा आए ।

खेलमा युभेन्टसले पहिलो हाफमा अग्रता लिने अवसर पाए पनि रियालका गोलकिपरले रोकेका थिए । ​ युभेन्टसका रान्डल कोलो मुआनीले केनान यिल्दिजकोले गोलको मौका पाए पनि त्यो विफल भएको थियो ।

समूह चरणको अन्तिम खेलमा म्यानचेस्टर सिटीसँग ५–२ ले पराजित भएको इटालियन टोली रियालसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्