९ असार २०८२, सोमबार

एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ

कोलोराडोखबर संवाददाता , June 23rd, 2025

नेपाल । उज्वेकिस्तानमा जुन २९ देखि आयोजना हुने एएफसी एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार एक कार्यक्रबिच खेलाडीको विदाइ गरेको हो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले विदाइ गर्नुभयो ।

छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेको छ । नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्ने छ ।

यस्तै दोस्रो खेल जुलाई २ मा श्रीलङ्कासँग र अन्तिम खेल जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

प्रतिक्रिया दिनुहोस्