२३ जेष्ठ २०८२, शुक्रबार

विश्व कराते प्रिमियर लिगमा नेपालकी कराते स्टार एरिका गुरुङले जितिन् कास्य पदक

कोलोराडोखबर संवाददाता , June 3rd, 2025

नेपाल । नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जित्नुभएको छ ।

मोरक्कोको रावतमा सम्पन्न सम्पन्न महिला ६८ केजी माथि तौल समूह एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६–२ ले हराउँदै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक कांस्य जिताउनुभएको हो ।

विश्वक करातेकै कठिन मानिने यस स्पर्धामा ५०औँ वरियताकी एरिकाले २० औँ वरियताकी पिएलाई हराउँदै नयाँ इतिहास रच्नुभएको हो । विश्व कराते महासङ्घले ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ ।

एरिका दुर्लभ प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी र पदक धारी समेत हुनुहुन्छ । एसिका एसियाली खेलकुदमा नेपाललाई रजक पदक दिलाउने पहिलो कराते खेलाडी समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्