२३ जेष्ठ २०८२, शुक्रबार

अमेरिकन राजदूतावासले जित्यो डिप्लोम्याटिक कप फुटसलको उपाधि

कोलोराडोखबर संवाददाता , June 3rd, 2025

नेपाल । प्रथम डिप्लोम्याटिक कप फुटसलको उपाधि अमेरिकन राजदूतावासले जितेको छ ।

बालुवाटारस्थित ढुकु फुटसल हबमा सम्पन्न फाइनलमा अमेरिकन राजदूतावासले सार्क सचिवालय टोलीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारितको खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । यसअघि सेमिफाइनलमा अमेरिकन राजदूतावासले भारतीय राजदूतावासलाई २–१ तथा सार्क सचिवालयले आयोजक परराष्ट्र मन्त्रालयको ‘बी’ टोलीलाई ५–० गोलले हराएको थियो ।

प्रतियोगितामा उपविजेता सार्क सचिवालयका अब्दुल्लाह नजिम सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । आयोजक परराष्ट्र मन्त्रालयको ‘बी’ का शिव बानियाँ सर्वाधिक गोलकर्ता तथा च्याम्पियन अमेरिकन राजदूतावासका नवराज उत्कृष्ट गोलरक्षक बन्नुभयो ।

प्रतियोगितामा आयोजक परराष्ट्र मन्त्रालयको दुईसहित १३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्