नेपाल । प्रथम गण्डकी प्रदेशस्तरीय दुई दिने मायाज तेक्वान्दो सम्पन्न भएको छ ।
अब्सुल्युट डोजाङद्वारा आयोजित प्रतियोगितामा आयोजक संस्थाले १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन भएको छ । प्रतियोगितामा शहिद मेमोरियल मावि ९ स्वर्णका साथ दोस्रो स्थान हात पारेको छ भने पोखरा तेक्वान्दो डोजाङ ५ स्वर्ण पदकका साथ तेस्रो भएको आयोजक अव्सुल्युट डोजाङकी प्रशिक्षक रेख माया गुरूङले जानकारी दिइन् ।
च्याम्पियन भएको अब्सुल्युट डोजाङले ट्रफीका साथ नगद रु ३० हजार, दोस्रो भएको शहिद मेमोरियलले नगद २० हजार र पोखरा तेक्वान्दो डोजाङले नगद रु १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
निकै छोटो अवधिमा प्रतियोगिता सम्पन्न भएको बताउँदै अन्तर्राष्ट्रिय रेफ्रि समेत रहेकी रेख मायाले प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरेकी छन् । “प्रतियोगिताका मुख्य प्रायोजक पूर्व राजसभा सदस्य ९९ वर्षिय अमर गुरूङ (हाल काठमाण्डौ निवासी) र उहाँको परिवार प्रति आभार व्यक्त गर्दछु,” उनले भनिन–“प्रतियोगिताको मुख्य प्रायोजन मात्रै होइन उहाँको परिवारले नगद पुरस्कार राशी रु ६० हजार समेत प्रदान गर्नु भएको छ । यसले हामीलाई संगै आयोजकलाई निकै हौसला मिलेको छ ।”
गण्डकीमा पहिलो पटक कुनै तेक्वान्दो डोजाङले यति ठूलो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ७ सय ७४ जना खेलाडीहरुको सहभागिता थियो । पोखरामा ४० तेक्वान्दो डोजाङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्