अमेरिका । आइपीएलमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ ।
जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो । ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा गुजरातले ९६ रन बनाएको थियो ।
अहमदाबादमा टस हारेर ब्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । लखनउले सुरुवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे ।
प्रतिक्रिया दिनुहोस्