–हेम गिरी (कोलोराडो) । संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले संस्थाको स्थापनाको १५औं वार्षिकोत्सवको अवसर पारेर कोलोराडोमा रहेका १५ वर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरेर ‘वार्षिक खेलकुद दिन’ नामक विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सन् २०२५ जुन २१ तारिक आयोजना हुने कार्यक्रममा सक्कर, भलिबल, १०० मिटर रेस लगायत बालबालिकाको लागि विभिन्न खेलहरुको प्रतियोगिता आयोजना हुने संस्थाका खेलकुद संयोजक ओम ढुङ्गेलले जानकारी दिएका छन् । विभिन्न खेलका विजेता उपविजेता अनि सहभागीहरूलाई ट्रफ्रि, मेडल अनि मायाको चिनो प्रदान गरिने ढुङ्गेलले बताए ।
सन् २०१० मा कोलोराडोमा स्थापन भएको सो संस्थाले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन कोलोराडोमा रहेका सबै नेपाली भाषीहरुमा संस्थाका अध्यक्ष चुडा बरालले अनुरोध गरेका छन् ।
https://www.facebook.com/bhutan1993/videos/1795221731024818

प्रतिक्रिया दिनुहोस्