२ जेष्ठ २०८२, शुक्रबार

बार्सिलोनाले जित्यो स्पेनिस ला लिगाको उपाधि

कोलोराडोखबर संवाददाता , May 16th, 2025

नेपाल । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति सम्पन्न खेलमा स्पेनियललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको लिगको उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा लामिन यमाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । यस खेलमा लीन्द्रो काब्रेराले खेलको ८०औं मिनेटमा रातो कार्ड पाएपछि इस्पेनियल १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ र लिगका दुई खेल बाँकी रहदै उपाधि जितेको छ। बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ।

योसँगै बार्सिलोनाले यस सिजनमा ला लिगासहित कोपा डेल रे र सुपर कप गरि तीन उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्