२९ बैशाख २०८२, सोमबार

नेजाको अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

कोलोराडोखबर संवाददाता , May 12th, 2025

अमेरिका । नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को अध्यक्षमा पुनः सुरज भण्डारी निर्वाचित भएका छन् ।

अमेरिकाको लास भेगासमा शनिबार र आइतबार सम्पन्न नेजाको नवौँ अधिवेशनबाट भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नेजाको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा ईश्वरी न्यौपाने तथा कोषाध्यक्षमा झरना अधिकारी र सचिवमा शंकरबहादुर थापा निर्वाचित भएका छन् ।

शनिवार एक समारोहका बीच नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अधिवेशनको उद्घाटन गरेकी थिइन् । नेजामा हाल ८१ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्