१८ बैशाख २०८२, बिहीबार

युरोपियन च्याम्पियन्स लिगमा पिएसजीद्वारा आर्सनल पराजीत

कोलोराडोखबर संवाददाता , May 1st, 2025

अमेरिका । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इङ्लिस क्लब आर्सनललाई पराजित गरेको छ ।

आर्सनलको घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पिएसजी १–० गोलले विजयी भयो । पिएसजीलाई जिताउन औसमाने डेम्बेलेले चौथो मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले थप गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । दोस्रो लेग मे ८ तारिख पिएसजीको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्