अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।
ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताउनुभएको छ ।
आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरिएपछि राष्ट्रपति ट्रम्पले यस्तो योजना सार्वजनिक गर्नु भएको हो । –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु ।
प्रतिक्रिया दिनुहोस्