१९ बैशाख २०८२, शुक्रबार

कतारमा सवारी दुर्घटनामा मृत्यु भएका एनआरएनएका अभियन्ता आचार्यको शव गुल्मी पुर्याइयो

कोलोराडोखबर संवाददाता , February 26th, 2025

नेपाल । कतारमा सवारी दुर्घटनाबाट असामयिक निधन भएका राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष र अभियन्ता झविन्द्र आचार्यको पार्थिव शरीर गुल्मी पुर्याइएको छ ।

गैरआवासीय नेपाली संघ कतार र गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयको संयुक्त सहयोगमा उनको शव मंगलबार गुल्मी स्थित उनका घरसम्म पुर्याइ, निजको परिवारलाई जिम्मा लगाइएको हो ।

अध्यक्ष डा. बद्री केसीले आचार्यको निधनमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनसँग समवेदना व्यक्त गरेका छन् । उनको शव गुल्मी पठाउन गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्रकुमार राउत सहितको टोली त्रिभुवन विमानस्थलमा पुगेको थियो ।

नेपाल व्यवसायी संघ कतारका सदस्य र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष गुल्मीको मालिका गाउँपालिका घर भएका ४० वर्षीय झविन्द्र आचार्यको सडक दुर्घटनामा परी निधन भएका हो ।

कतारमा सफल युवा व्यवसायी रहेका आचार्यलाई आफ्नो गाडी बिग्रेर सडक छेउमा उभिरहेका बेला बंगाली नागरिकको गाडीले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्