२० बैशाख २०८२, शनिबार

अमेरिकी डिभी चिठ्ठा प्रणाली रोकिने संभावना !

कोलोराडोखबर संवाददाता , February 14th, 2025

अमेरिका । अमेरिकामा रिपब्लिकन सांसदहरूले डिभी चिठ्ठा प्रणालीलाई रोक्नु पर्ने तर्क गरिरहेका छन् ।

उनीहरुले डिभी चिठ्ठा प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न ‘फेसलेस कम्प्युटर कोड’ लाई अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेका बताएका छन् ।

वार्षिक चिठ्ठामार्फत बिभिन्न देशका गरेर ५५ हजार मानिसहरु अमेरिका भित्रिने गरेका छन् । चिठ्टामार्फत सहजै भिसा र ग्रीन कार्डहरू दिइने गरिन्छ ।

कोटामा आधारित भिसा र डिभी जारी गर्नुले राष्ट्रिय सुरक्षालाई कमजोर बनाउने र दक्ष प्रतिभाका लागि अवसरहरू नपाउने पनि सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्