१६ कार्तिक २०८२, आईतवार

खेलकुद

यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० गोलले हरायो

यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० गोलले हरायो

नेपाल । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि अर्को फराकिलो जित निकालेको छ । ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई फेरि ७–० गोलले हरायो । एक पक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले दुई दुई गोल गर्नुभयो । पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा पनि नेपालले श्रीलङ्कालाई ७–० गोलले नै हराएको थियो । चार टोली सहभागी च्याम्पियनसिपमा चार खेलपछि तीन जित निकालेको नेपालले नौ अङ्क बनाएको छ । नेपाल गोल अन्तरका आधारमा हाल शीर्षस्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । ...
राष्ट्रिय खेलकुद परिषदलाई चीनबाट सहयोग सहयोग हस्तान्तरण

राष्ट्रिय खेलकुद परिषदलाई चीनबाट सहयोग सहयोग हस्तान्तरण

नेपाल । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मङ्गलबार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गर्नुभयो । करिब ८५ लाख रुपियाँ बराबरको विभिन्न ३४ प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका उपाध्यक्ष ध्रुब आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिदै सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सदस्य सचिव घिसिङले नेपाल र चीनबिच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताउनुभयो । घिसिङले २०औँ एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी ...
साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजीत

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजीत

नेपाल । मिना देउवाको ह्याट्रिकमा नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७–० को फराकिलो अन्तरमा हराएको छ । नेपालको यो दोस्रो जित हो । तीन खेलबाट नेपालले ६ अंक बनाएको छ । बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण नियमित समयभन्दा डेढ घण्टा ढिला गरी सुरु भयो । श्रीलंकाविरूद्ध नेपालले गोलको वर्षा गर्यो । मिनाले ह्याट्रिक गर्दा पुर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले समान १ गोल गरिन् । पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३–२ होल अन्तरले हारेको थियो। अब नेपालले बिहिवार श्रीलंकासँग नै खेल्नेछ भने त्यसपछि भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।...
इंग्ल्यान्डले भारतलाई तेस्रो टेस्टमा २२ रनले हरायो

इंग्ल्यान्डले भारतलाई तेस्रो टेस्टमा २२ रनले हरायो

अमेरिका । इंग्ल्यान्डले भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ टेस्टको शृंखलामा २–१ को अग्रता बनाएको छ । १ सय ९३ रनको लक्ष्य पाएको भारत पाँचौं तथा अन्तिम दिन खेलको अन्तिम सत्रमा १ सय ७० रनमै अलआउट भयो । अफ स्पिनर सोएब बसिरको बललाई भारतका अन्तिम ब्याटर मोहम्मद सिराजले रोक्न खोजे पनि बल भुईंमा टप्पा खाँदै स्पिन भएर स्टम्पमा लागेपछि इंग्ल्यान्डले नाटकीय विजय हात पारेको हो । इंग्ल्यान्डले लिड्सको पहिलो टेस्ट जितेर शृंखलामा अग्रता लिएको थियो । भारतले एजबास्टेन टेस्ट ३ सय ३६ रनले जितेर शृंखला बराबरीमा ल्याएको थियो । चौथो टेस्ट जुलाई २३ बाट म्यानचेस्टरमा सुरु हुनेछ।...
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

पीएसजीलाई हराउँदै चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

अमेरिका । फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ। आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो । पीएसजीले पाएको सिमित अवसरमा पनि गोलरक्षक रोबर्ट सान्चेज बाधक बने । पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक जियानलुइजी डोनारुममा बिट भए । ३० औं मिनेटमा पाल्मरले पहिलो गोलजस्तै मुभमा फिनिस गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्याए । ४३ औं मिनेटमा पेड्रोले गोल गर्दै च...
साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

नेपाल । नेपाल साफ यु-२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले स्तब्ध बन्यो । बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिका श्रीमतीले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गर्नुभयो । नेपालका लागि अनिषा राईले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र मिना देउवाले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । पहिलो हाफमा २–० ले पछि परेपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे खेललाई बराबरीमा ल्याएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपालले गोल खाएको थियो । चार टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले श्रीलङ्कालाई ९–१ गोलले पराजित गरेको थियो । सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने ट...
साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजीत

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजीत

नेपाल । नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध सानदार जित निकालेको छ । बङ्गलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हरायो । शनिबार राति भएको एकपक्षीय खेलमा नेपालले पहिलो र दोस्रो हाफमा समान तीन तीन गोल गरेको थियो । नेपालका लागि स्ट्राइकर पूर्णिमा राई एक्लैले चार गोल गर्नुभयो । सोनु परियारले दुई गोल थप्नुभएको थियो । भुटानले दोस्रो हाफको सुरुवातमा एक गोल फर्काएको थियो । भुटानका लागि केल्देन वाङ्मोले गोल गर्नुभयो । चार टोली सहभागी च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली बङ्गलादेशको सामना गर्नेछ । नेपाल र बङ्गलादेशको भिडन्त दुवै टोलीका लागि फाइनल सरह हुनेछ । बङ्गलादेशले पनि श्रीलङ्कालाई ९–१ गोलले हराउँदै सुखद सुरुवात गरेको छ । सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।...
नेपाल फिफा विश्व वरियतामा एक स्थान खस्कियो

नेपाल फिफा विश्व वरियतामा एक स्थान खस्कियो

नेपाल । नेपाल फिफा विश्व वरियतामा एक स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो । नेपाले अघिल्ले महिना खेलेको दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले हङकङसँगको मैत्रीपूण खेल गोलरहित बराबरी गरेको थियो । एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत लाओसविरुद्ध तेस्रो चरणको खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । नेपाललाई हराएको लाओस पाँच स्थान माथि उक्लिएर समग्रमा एक सय ८५औँ स्थानमा छ । दक्षिण एसियाली दशेमा भारत शीर्षस्थानमा छ । ६ स्थान सुधार गरेको भारत समग्रमा एक सय ३३औँ स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ७१औँ स्थानमा छ । बङ्गलादेश एक सय ८४औँ, भुटान एक सय ८६औँ, श्रीलङ्का एक सय ९६औँ र पाकिस्तान दुई सय एक स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा अर्जेन्टिना रहेको छ । यस्तै स्पेन, फ्रान्स, इङ...
चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

नेपाल । इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ रङ्गशालामा बुधबार बिहान भएको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हरायो । चेल्सीलाई जित दिलाउन दुवै गोल जोआओ पेड्रोले गर्नुभयो । उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि क्वाटर्रफाइनलमा चेल्सीले पाल्मिरस तथा फ्लुमिनेन्सले अल हिलाललाई हराएर अन्तिम चारमा स्थान बनाएको थियो । उपाधिका लागि चेल्सीले स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।...
एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

एनएसपीएल क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने

नेपाल । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पहिलो पटक एनएसपीएल टी–१० क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिनुभयो । काठमाडौँको तल्लो मुलपानी मैदानमा हुने लिगको खेल सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । लिगका कूल २४ खेल हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनमा भिड्नेछन् । प्रतियोगितामा सहभागिताको लागि टोलीले बोल कबोलका आधारमा खेलाडी अनुबन्ध गर्नेछन् । प्रतियोगिताको टोलिले २१ लाख र उपविजेताले ११ लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । एनएसपीएलले यस प्रतियोगिताको विकास र विस्तारका लागि चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडर बनाएको छ । ...