दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपाल उपविजेता
नेपाल । नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको छ ।
श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भयो । भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।
जितका लागि नेपालले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमा पूरा गरेको हो । भारतका लागि फुला सरेनले अविजित ४४ र करुना कुमारीले ४२ रन बनाउनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाउनुभयो । विमला राईले २६ रन जोड्नुभयो ।
नेपालले सेमिफाइनलमा पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो ।
दृष्टिविहीन खेलाडीलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानम...








