१४ कार्तिक २०८२, शुक्रबार

खेलकुद

स्पेनिस ला लिगामा बार्सिलोनाको सुखद सुरुवात

स्पेनिस ला लिगामा बार्सिलोनाको सुखद सुरुवात

नेपाल । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा २०२५–२६ मा सुखद सुरुवात गरेको छ । मालोर्काको घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना ३–० गोलले विजयी भयो । बार्सिलोनालाई जिताउन राफिन्हाले सातौँ मिनेटमा गोलको खाता खोल्नुभयो । फेरान टोरेसले २३औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा लामिन यामललेले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । १० खेलाडीमा समेटिएको मालोर्काको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोनाले तीन अङ्क बनाएको छ । मालोर्काले हारबाट सिजनको सुरुवात गरेको छ ।...
अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजीत

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजीत

नेपाल । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग ३२ ले पराजित भएको छ । डार्विनको मरारा क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय ८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५४ रनमा समेटिएको थियो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार नेपाल आफ्नो पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५९ रन बनाउनुभयो । उहाँले ४७ बलमा ६ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आशिफ शेखले २८, लोकेश बमले १५, नन्दन यादवले अविजित १४, कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १० रन बनाउनुभयो । बलिङमा बङ्गलादेशका रकिबुल हसनले तीन विकेट लिनुभयो । हसन महमुदले दुई तथा टोफेल अहमद, र रिपोन मेनडोलले एक एक विकेट लिनुभयो । यसअघि ...
अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप पाँच वटा अभ्यास खेल खेल्ने

अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप पाँच वटा अभ्यास खेल खेल्ने

नेपाल । टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने पक्का भएको हो । नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्ने छ । यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ । यसअघि नेपालले बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा शुक्रबार प्रतिस्पर्धा गर्ने छ । अगस्ट २४ सम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा नेपालले शुक्रबार स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै नेपालले अगस्ट १६ मा बङ्गलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ ...
रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप रु. पाँच लाख प्रदान गर्ने

रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप रु. पाँच लाख प्रदान गर्ने

नेपाल । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु. पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई उक्त रकम प्रदान गरिने जानकारी बुधबार सामाजिक सञ्जाल फेसबुकबाट दिनुभएको हो । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु. दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिनुभएको छ । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्नुभएको हो ।...
नेपाली गोलरक्षक किरण चेम्जोङले बङ्गलादेशमा ब्यावसायिक लिग खेल्ने

नेपाली गोलरक्षक किरण चेम्जोङले बङ्गलादेशमा ब्यावसायिक लिग खेल्ने

नेपाल । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले बङ्गलादेशमा ब्यावसायिक लिग खेल्नु हुनेभएको छ । किरणलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरणको यो चौथो विदेशी क्लब हो । यसअघि उहाँलेले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स र माजिया तथा भारतको मिनर्भा पञ्जाव क्लबबाट लिग खेलिसक्नुभएको छ । किरण बङ्गलादेश पुलिसमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि नेपालका आयुष घलानलाई क्लबले अनुबन्ध गरिसकेको छ । सलग खेल्नका लागि मङ्गलबार बङ्गलादेश पुग्नुभएको छ ।...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी नासा सेक्युरिटीजले प्रायोजन गरेको हो । नयाँ जर्सीको आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक गर्नुभयो । जर्सी प्रायोजनसम्बन्धी सम्झौतामा आइतबार नै क्यानका अध्यक्ष चन्द र नासा सेक्युरिटीजका निर्देशक मदन पौडेलबिच हस्ताक्षर भएको छ । यसअघि नेपाली क्रिकेट टोलीको प्रायोजकमा केल्मी थियो । जर्सीमा क्यान र नासा सेक्युरिटिजको लोगो राखिएको छ । सोही कार्यक्रममा अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । सिरिजका लागि यसअघि नै क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो । नेपालले अस्ट्रे...
एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट नेपाल बाहिरियो

एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट नेपाल बाहिरियो

नेपाल । नेपाल एएफसी यु–२० एसियन कप छनोटको समूह चरणबाट बाहिरिएको छ । भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो । जित्नै पर्ने खेलमा नेपालले लज्जास्पद हार खेप्यो । एकपक्षीय खेलमा उत्तर कोरियाले पहिलो हाफमा पाँच र दोस्रो हाफमा ६ गोल गरेको थियो । जितसँगै उत्तर कोरियाले तीन खेलबाट नौ अङ्क जोड्दै सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपको ढोका खोलेको छ । दक्षिण कोरियाले समूहको पहिलो खेलमा साउदी अरेबियालाई १५–० र दोस्रो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । नेपालले मान खेलमा चार अङ्क बनायो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलले हराएको थियो । सिङ्गल राउन्ड रोविन लिगका आधारमा सञ्चालित छनोट खेलमा शीर्ष टोली छनोट हुने प...
एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले साउदी अरबलाई हरायो

एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले साउदी अरबलाई हरायो

नेपाल । निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाले गोल गरेपछि नेपालले शुक्रबार साउदी अरबलाई १–० ले हराएर एएफसी महिला यु–२० एसियन कप छनोटमा पहिलो जित हात पारेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको थियो । नेपाल लगातार दोस्रो बराबरीतर्फ अग्रसर बनिरहेको समयमा उनले निर्णायक गोल गरी नेपालालाई महत्वपूर्ण तीन अङ्क दिलाइन् । खेलको ९० औँ मिनेटमा मीना देउवाको पासमा डिबक्समा बिनानिगरानीमा रहेकी सुक्रियाले गोल गरी नेपाललाई जित दिलाएकी हुन् । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा नेपाल पूर्वार्धमा दुई पटक गोलपोस्ट बाधक बन्दा गोलविहीन बन्यो । खेलको १८ औँ मिनेटमा सरिता कुमारीले फ्रिकिकमा प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर फर्किंदा नेपाल अभागी साबित भएको थियो । खेलको ३७ औँ मिनेटमा अग्रता बनाउने अवसर थियो। डिबक्समा मिडफिल्डर मनीषा सेनलाई लडाएपछि नेपालले पेनाल्टी पाए...
अस्ट्रेलियामामा खेल्न जाने नेपाली क्रिकेट टोलीको गरियो फिटनेस र फिजिकल टेस्ट

अस्ट्रेलियामामा खेल्न जाने नेपाली क्रिकेट टोलीको गरियो फिटनेस र फिजिकल टेस्ट

नेपाल । अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्नका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ । ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए । खेलाडीसँगै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र मुख्य प्रशिक्षक स्टुअर्ट ल पनि सातदोबाटो पुग्नुभएको थियो । नेपालले अस्ट्रेलियाको सिरिजलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ । अस्ट्रेलिया सिरिजका लागि क्यानले गत सोमबार मात्र रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । यस सिरिजमा ११ टोलीको सहभाग...
नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लियो

नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लियो

नेपाल । नेपाली महिला राष्ट्रिय टोलीले फिफा विश्व वरियतामा १३ स्थान छलाङ मारेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक सयबाट ८७औँ स्थानमा उक्लिएको हो । नेपालको यो हालसम्मकै सर्वोत्कृष्ट वरियता हो । यसअघि नेपाल सन् २०१७ मा ९१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा भारत ६७औँ स्थानमा छ । पाकिस्तान तीन स्थानको सुधार गर्दै एक सय ५४, दुई स्थान तल झरेको श्रीलङ्का एक सय ६१, आठ स्थान सुधार गरेको भुटान एक सय ६३ र दुई स्थान तल झरेको माल्दिभ्स एक सय ६५औँ स्थानमा छ । एसियाली देशमा भने नेपाल समग्र १६औँ स्थानमा छ । विश्व वरियताको शीर्षस्थानमा स्पेन उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा झरेको छ । स्वीडेन तेस्रो, इङ्ल्यान्ड चौथो र जर्मनी पाँचौँ स्थानमा छ ।...