पलेशा र एरिका प्रदेश सरकारद्वारा नगदसहित सम्मानित
नेपाल (हेटौंडा) । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
हेटौंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो।
पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र करातेको प्रदेश संघलाई समान १ लाख रुपैयाँ प्रदान गरिने मुख्य मन्त्री लामाले घोषणा गरे ।
एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । एरिकाको उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन् ।
सोही अवसरमा एसियाडमा करातेका व्यवस्थाप...









