१४ कार्तिक २०८२, शुक्रबार

खेलकुद

जेन-जी आन्दोलनका कारण मैत्रीपूर्ण खेल स्थगित भएसँगै बङ्गलादेशको टोली स्वदेश फर्कियो

जेन-जी आन्दोलनका कारण मैत्रीपूर्ण खेल स्थगित भएसँगै बङ्गलादेशको टोली स्वदेश फर्कियो

नेपाल । नेपाल र बङ्गलादेशबीच मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल जेन–जी आन्दोलनका कारण स्थगित भएसँगै बङ्गलादेश फुटबल टोली स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारनै सुरक्षाका कारण खेल स्थगित गरेको थियो । यसअघि दशरथ रङ्गशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।...
नेपाल एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरियो

नेपाल एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरियो

नेपाल । नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । ताजकिस्तानमा जारी छनोटको समूह ‘के’ मा लगातार दोस्रो हार खेपेसँगै नेपालको छनोट सम्भावना सकिएको हो । शनिबार राति भएको खेलमा नेपिा सिरियासँग ४-२ गोलले पराजित भयो । सिरियालाई जिताउन मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गर्नुभएको थियो । नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गर्नुभयो । नेपाल समूहको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ । सिङ्गल राउन्ड रोविन सलगका आधारमा खेलाइने खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ ।...
ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

–हेम गिरी (डेनभर, कोलोराडो) । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले सेप्टेम्बर ६ मा आयोजना गरेको वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । कोलोराडोमा रहेका नेपाली भाषी भुटानी समुदायको एकता कायम राख्नुका साथै खेलकुदमार्फत सामाजिक सद्भाव र आपसी मेलमिलाप बढाउने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा पूल एमा लिबर्टी, एफसी, र ड्रुक्युल तथा पूल बीमा सीएनटी, केसीएससी, र युंग स्टारले भाग लिएका थिए। खेल तालिकाअनुसार पूल एमा लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल र लिबर्टी भर्सेस ड्रुक्युलबीच खेलहरू सम्पन्न भए । यस्तै, पूल बीमा सीएनटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार,...
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा

नेपाल । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्म खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गर्नुभएको थियो । यस खेल विश्व फुटबल महासंघ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबीचको दोस्रो खेल मङ्गलबार हुनेछ । ...
ताजकिस्तानसँग नेपाल ४-० गोलअन्तरले पराजित

ताजकिस्तानसँग नेपाल ४-० गोलअन्तरले पराजित

नेपाल । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक(एक गोल गरेका थिए । समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ ।...
टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा

टेक्सास निवासी प्रदीप हुमागाईद्वारा अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा

अमेरिका । फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहनुभएका हुमागाईले नेपाली मूलका खेलाडीलाई लक्षित गरेर क्लब खोल्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका उहाँले टेक्सासमा रहेर विभिन्न क्लबमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । हुमागाईले सेप्टेम्बर १४ तारिख विशेष समारोहबिच क्लबको औपचारिक सुरुवात गर्ने पनि बताउनुभयो । ‘‘क्लब स्थापनापछि नेपाल र अमेरिकामा आयोजना हुने फुटबल प्रतियोगितामा भाग लिने योजना छ । भविष्यमा यही क्लबमार्फत नेपालका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगमा टिम खरिद गर्ने वा नयाँ टिम दर्ता गरी प्रतिस्पर्धा गर्ने दीर्घकालिन योजना छ । हामी सुरुमा इङ्लिस प्रिमियर लिगको वेस्टहाम युनाइटेडसँग किस्टोन एथलेटिक्स पेन्सलभेनिया...
नेपालले जित्यो आसाम प्रदेश क्रिकेट संघविरुद्धको टी-२० अभ्यास सिरिज

नेपालले जित्यो आसाम प्रदेश क्रिकेट संघविरुद्धको टी-२० अभ्यास सिरिज

नेपाल । भारतको आसाम प्रदेश क्रिकेट संघविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाउनुभयो । यस्तै साहिल जेन र कप्तान सुमित घडिअन्करले २५, २५ तथा सौरभ दिहिगाले १७ रन बनाउनुभयो । बलिङमा नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले दुई दुई तथा बसिर अहमदले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन ...
नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित

नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ । बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाउनुभयो । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन जोड्नुभयो । बलिङमा साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन ...
भुटानमा जारी साफ साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना समाप्त

भुटानमा जारी साफ साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना समाप्त

नेपाल । बङ्गलादेशसँग लगातार दोस्रो हार खेपेसँगै भुटानमा जारी साफ साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना सकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भयो । नेपाल यस अघिल्लो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो। नेपालले अर्को खेलमा आयोजक भुटानलाई भने २–१ गोलले हराएको थियो । एकपक्षीय खेलमा पहिलो हाफमा २–१ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो । बङ्गलादेशलाई जिताउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्नुभयो । अर्को गोल थुनुए मार्माले थप्नुभयो । नेपालका लागि कप्तान भूमिका बुढाथोकीको गोल सान्त्वना बन्यो । जितसँगै चार खेलबाट नौ अङ्क बनाएको बङ्गलादेश दोस्रो स्थानमा छ । नेपालले समान खेलबाट तीन अङ्क बनाएको छ । उपाधि होड कायम राख्...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हरायो

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हरायो

नेपाल । साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो । लिभरपुलको जितमा रायन ग्रेभेनबर्चले ३५औँ ह्युगो एकिटिकेले ४६औँ र रियो एनगुमोहले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । यस्तै न्युक्यासलका लागि ब्रुनो गुइमेरेसले ५७औँ र विलियम ओसुलाले ८८ मिनेटमा गोल गर्नुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्टोन गोर्डनले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको न्युक्यासलको हार टार्ने प्रयास अन्तिममा सफल भएन । जितसँगै लिभरपुलले ६ अङ्क बनाएको छ । पराजित न्युक्यासलको समान खेलबाट एक अङ्क छ ।...