एनपीएलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको जित
नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो ।
विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन जोडे । लोकेश बम १९ र दीपक बोहरा १८ रनमा आउट भए ।
बलिङमा कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । विपीन खत्रीले २, कप्तान सोमपाल कामी, युनिस ठकुरी र विलियम बोसिस्टाले एक–एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रन बनाएको थियो ।
यसैगरी लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । सुदूरपश्चिमले भने एनपिएलमा लगातार तेस्रो जित निकालेको छ...






