फ्रान्सको पेरिसमा शुक्रबारदेखि ओलम्पिकको ३३औँ संस्करण औपचारिक रुपमा शुरु
नेपाल । फ्रान्सको पेरिसमा शुक्रबारदेखि विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन हुँदैछ । उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुनेछ ।
उक्त खेल मेला साउन २७ गतेसम्म सञ्चालन हुनेछ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ।
विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्नेछ ।
पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन् । यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन ।
पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको रहेको छ ।
पेरिस ओलम्प...





