३ चैत्र २०८२, मंगलवार

खेलकुद

स्पेनिस ला-लिगामा रियलद्वारा भाल्लाडोलिडमाथि सानदार जीत

स्पेनिस ला-लिगामा रियलद्वारा भाल्लाडोलिडमाथि सानदार जीत

अमेरिका । स्पेनिस ला–लिगामा रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिवार सम्पन्न खेलमा रियलले भाल्लाडोलिडमाथि ३–० को जित निकालेको हो । रियलको जितमा फ्रेन्च स्टार केलिएन एमबाप्पेको ह्याट्रिक सामेल थियो । खेलमा एमबाप्पेले ३०, ५७ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले सानदार जित हासिल गर्न सफल बन्यो । जितपछि रियल २१ खेलबाट ४९ अङ्क सहित पहिलो स्थानमा कायम छ । ला–लिगाको शनिवार सम्पन्न अन्य खेलहरूमा एट्लेटिको म्याड्रिडले भिल्लारियल सङ्ग बराबरी खेलेको छ भने सेभिल्ला र स्पानोयोल पनि १–१ बराबरीमा रोकिएका छन् । शनिबारनै लस पाल्मास र ओसियाना पनि बराबरी खेल्दा रियल बेटिसले मालार्कालाई १–० गोलले पराजित गरेको छ । ...
म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश

अमेरिका । स्कटल्याण्डको रेन्जर्सलाई पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा युनाईटेडले रेन्जर्सलाई २–१ ले पराजित गरेको हो । ज्याक बलल्याण्डले आत्मघाती गोल उपहार दिएपछि ५२ औँ मिनेटमा पहिलो अग्रता लिएको म्यानयुको लागि इन्जुरी समयमा गलेको गोल नै विजयी गोल बन्न पुग्यो । आत्मघाती गोलबाट अघि बढेको युनाइटेडले ८८ औँ मिनेटमा रेन्जर्सको तर्फबाट गोल खायो । डिसेरेर्सले खेलको ८८ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा सकिने सम्भावनाबिच ९२ औँ मिनेटमा युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले विजयी गोल गरे । जितपछि चौथो स्थानमा रहँदै म्यानचेस्टरले अन्तिम १६ मा सिधै स्थान बनाएको छ ।...
आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरियो

आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरियो

नेपाल । आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले अष्ट्रेलियालाई बलियो चुनौति दिन सकेन । अष्ट्रेलियाले १४० रनको लक्ष्य दिएको थियो । नेपालले पूरै ओभर खेले पनि ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।...
क्यानद्वारा सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही

क्यानद्वारा सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही

नेपाल । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ । हालै सम्पन्न जय ट्रफी क्रिकेट प्रतियोगितामा रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउनुभएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले कुनै पनि घरेलु प्रतियोगितामा एक खेल खेल्न नपाउने गरी कारबाही गरिएको जनाएको छ । जय ट्रफीमा बागमतीको कप्तानी गर्नुभएका सन्दीपले रेफ्रीको निर्णयले खेलाडीलाई असर पुगेको भन्दै रेफ्रीको क्षमतामा समेत प्रश्न उठाउनुभएको थियो । क्यानले संस्थापक जयनारायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा पुलिसले आर्मी २८ रनले हराउँदै उपाधि जितेको थियो ।...
स्कटल्याडसँग १ विकेटले हार्यो नेपाल

स्कटल्याडसँग १ विकेटले हार्यो नेपाल

नेपाल । मलेसियामा जारी महिला यु १९ विश्वकपमा नेपालले दोस्रो हार व्यहोरेको छ । स्कटल्याण्ड विरूद्ध सोमबार भएको खेलमा लो स्कोरिङ थ्रिलरमा नेपाल एक विकेटले चुक्यो । नेपालले पहिलो ब्याटिङ गर्दै ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । जवाफी ब्याटिङ गर्दै स्कटल्याडले ९ विकेट गुमाएर १९औं ओभरमा लक्ष्य भेट्यो ।...
खो-खो विश्वकप प्रतियोगितामा नेपाल दोस्रो, भारतले जित्यो उपाधि

खो-खो विश्वकप प्रतियोगितामा नेपाल दोस्रो, भारतले जित्यो उपाधि

नेपाल । खो–खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो । पहिलो पटक आयोजना गरिएको तथा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । यसअघि आइतबारनै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो।...
विश्वकपको वार्मअप खेलमा नेपाल वेस्टइन्डिजसँग पराजीत

विश्वकपको वार्मअप खेलमा नेपाल वेस्टइन्डिजसँग पराजीत

नेपाल । महिला यू–१९ विश्वकपको वार्मअप खेलमा नेपाल वेस्ट इन्डिजसँग ८ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमा अलआउट भयो । दोस्रो इनिङमा खराब सुरुवात गर्दै नेपालले पहिलो बलमै विकेट गुमाएको थियो । ओपनर साना प्रवीण डकआउट भइन् । त्यसपछि सावित्री धामी र कप्तान पूजा महतोबीच २५ रनको साझेदारी भएको थियो । सावित्री ५ रन बनाएर आउट भइन् । त्यसपछि कप्तान पूजा पनि १८ रनमा आउट हुँदा नेपाललाई ठूलो झट्का लाग्यो । उनले २० बलको सामना गर्दै ३ चौका प्रहार गरेकी थिइन् । यसअघि वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट मात्र गुमाएर १०९ रन जोडेको थियो ।...
रियल मड्रिडलाई ५-२ ले पराजित गर्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

रियल मड्रिडलाई ५-२ ले पराजित गर्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

अमेरिका । रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। ३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए । एक गोल एलेजान्ड्रो बाल्डेले गरे । खेलको ५६ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो। त्यसकै फाइदा उठाउँदै रोड्रिगोले गोल फर्काए । सु...
बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

नेपाल (हेटौंडा) । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ । मकवापनुरको बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३, ४ र ६ ले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १–० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ३ नम्बरका आयुष नेगि घोषित भए । बिहीबार दुई टिम बीचको दोस्रो हाफको खेल भएको हो । बुधबार समय अभाव भएसँगै पहिलो हाफपछि खेल बिहीवारका लागि तोकिएको थियो । यस्तै बिहीबारको खेलमा वडा नम्बर ४ ले पनि १० लाई १–० गोलले हराएको छ। वडा नम्बर ४ का लागि दिपेश माझीले खेलको आठौं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच माझी घोषित भए । यस्तै तेस्रो खेलमा वडा नम्बर ८ लाई १(० गोलले हराउँदै ६ नम्बर विजयी भएको हो । वडा नम्बर ...
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरु सम्मानित

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरु सम्मानित

नेपाल । गत कार्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनशिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ । यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको काबा बिच महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो । खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । २०८१ मंसिर २८ गते गरेको मन्त्रिपरिषदको निर्णयअनुसार साफ वुमन्स च्याम्पियनशिपमा दोश्रो स्थान हासिल गरेका नेपाली खेलाडीलाई आ...