३० भाद्र २०८२, सोमबार

खेलकुद

भारत र पाकिस्तानबीचको तनावले ‘आईपीएल’ क्रिकेट रद्द

भारत र पाकिस्तानबीचको तनावले ‘आईपीएल’ क्रिकेट रद्द

नेपाल । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट रद्द गरेको छ । शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु रोकिएका छन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो । दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारवाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबिच तनाव सुरु भएपछि आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भएका थिए । आईपीएलका खेलहरु पनि प्रभावित बनेका थिए । पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आईपीएलको १८औं संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइए...
स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार दोस्रो चरणको ‘कोर क्याम्प’ मा रहेका २५ खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गर्नु भएको हो । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । टोलीमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई वैकल्पिक खेलाडीको रूपमा समेटिएको छ । नेपालले विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण र केही अभ्यास खेल पनि खेल्ने छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुलशन झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल रहने छन् ।...
फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् ह्याट्रिक

फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले गरिन् ह्याट्रिक

अमेरिका । फ्रान्सको लिग खेलिरहेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित निकालेको हो । बुधबार राति सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेको थियो। खेलमा साम्बाले ५७औं, ८५औं र ९५औं मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन्। यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२औंँ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।...
युरोपियन च्याम्पियन्स लिगः पीएसजी र इन्टर मिलान फाइनलमा

युरोपियन च्याम्पियन्स लिगः पीएसजी र इन्टर मिलान फाइनलमा

अमेरिका । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । इटालीको सानसिरोमा मङ्गलबार भएको खेलमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । समग्रमा इन्टर ७–६ गोलले विजेता बनेको हो । यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो । यता, आर्सनललाई पराजित गर्दै फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा  इंग्लिस टोली आर्सनललाई २–१ ले हराएर पीएसजीले समग्रमा ३–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।  ...
आईपीएलः मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध डकवर्थ लेविस डीएल पद्धतिअनुसार तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गर्दै १५५ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको गुजरातले १८ मा ६ विकेट गुमाएर १३२ रन बनाउँदा पानी परेपछि खेल केहीबेर प्रभावित बनेको थियो । वर्षाका कारण खेल केहीबेर रोकिएपछि गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो। जसलाई गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३० रन थपे। शेरफन रुथरफोर्डले २८ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए ।...
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेले

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेले

अमेरिका । स्पेनिस महारथि बार्सिलोना र इटालियन टोली इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा बराबरी खेलेका छन् । बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेजले एक एक गोल गर्नुभयो । बार्सिलोनाले अर्को गोल इन्टरबाट आत्मघाती उपहार पाएको थियो । इन्टरका लागि डेन्जल डमफ्रिजले दुई तथा मार्कस थुर्रमले एक गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता इन्टरले लिएको थियो । पहिलो मिनेटमै थुर्रमले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । २१औँ मिनेटमा डमफ्रीजले टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि जोसिएको बार्सिलोनाका लागि यामलले २४औँ र टेरेसले ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउनुभयो । ६३औँ मिनेटमा डमफ्रीजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई पुनस् अगाडि बढाउनुभय...
युरोपियन च्याम्पियन्स लिगमा पिएसजीद्वारा आर्सनल पराजीत

युरोपियन च्याम्पियन्स लिगमा पिएसजीद्वारा आर्सनल पराजीत

अमेरिका । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इङ्लिस क्लब आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा पिएसजी १–० गोलले विजयी भयो । पिएसजीलाई जिताउन औसमाने डेम्बेलेले चौथो मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले थप गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । दोस्रो लेग मे ८ तारिख पिएसजीको घरेलु मैदानमा हुने छ ।...
लिभरपुलले जित्यो इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि

लिभरपुलले जित्यो इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि

अमेरिका । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको ३४औँ खेलमा टोट्टनहामलाई ५–१ गोलले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । लिभर लिगको चार खेल अगावै च्याम्पियन बन्यो । खेलमा सुरुवाती अग्रता भने टोट्टनहामले लिएको थियो । १२औँ मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । तर चार मिनेटलगत्यै लुइस डिआजले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनुभयो । त्यसपछि एलिस्टर म्याक एलिस्टरले २४औँ, कोडी गाक्पोले ३४औँ, मोहम्मद सलाहले ६३औँ मिनेटमा गोेल गर्नुभयो । लिभरपुलले पाँचौँ गोल ६९औं मिनेटमा विपक्षी डेस्टिनी उडोगीले आत्माघाती गोल उपहार पाएको थियो । जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ६७ अङ्क छ । च्याम्पियन लिभरपुलले २५ खेलमा जित, दुई हार र बाँकी बराबरी खेल्यो । लिग जित्...
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले मे ९ देखि २० सम्म थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ । क्यानले शुक्रबार राति इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अ‍ेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । विश्वकप छनोटमा नेपाल रहेको समूह ‘सी’ परेको छ । यस समूहमा बहराइन र हङकङ छन् । नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ । टोलीमा कप्तान बर्मा र उपकप्तान महतोसँगै रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्माले स्थान बनाउनुभएको छ । ...
ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले भेटे प्रधानमन्त्री ओलीलाई

ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले भेटे प्रधानमन्त्री ओलीलाई

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।...