१७ कार्तिक २०८२, सोमबार

खेलकुद

चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश

चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश

अमेरिका । चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेन्फिकालाई अतिरिक्त समयमा ४–१ गोलअन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा प्रवेश गरेको हो । जितसँगै चेल्सीले क्वाटरफाइनलमा पाल्मेरासको सामना गर्नेछ। इंग्लिस र ब्राजिलियनबीचको खेल आगामी शुक्रबार हुुनेछ । फिफा क्लब विश्वकपको फाइनल जुलाई १३ मा न्यूजर्सीमा हुने भएको छ ।...
अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । "सहभागिता र आत्मियताको लागि खेलकुद " को मुल नाराका साथ कोलोराडोमा तमु प्ये ल्हु अमेरिकाको एघारौ बार्षिक उत्सवको अवसरमा यस बर्ष "4TH TPLA CUP -2025 '8 Vs 8 Soccer' प्रतियोगिता चक्र ब क्रोम्छे तमुको सभापतिवामा 6/22/2025 आइतबार सम्पन्न भएको छ । NRNA NCC COLORADO CHAPTER उक्त प्रतियोगिताको सह आयोजक रहेको थियो । 4th TPLA CUP 2025 को उद्घाटन समारोहमा TITLE Sponsors सुमन हुमागाईं, कार्यक्रम सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लाहाकार चिजामय ल्हेगे तमु ज्यु, संस्था बुध्विजिवी मिन ब क्रोम्छे तमु, RMFN का अध्यक्ष आकृति राई, उपाध्यक्ष हरि गुरुङहरुबहुलीबाट कोहिबो धी मा द्विप प्रज्वलन गरि, नेपाली र अमेरिका का राष्ट्रिय गान पश्चात TITLE Sponsors सुमन हुमागाईं, कार्यक्रम सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लाहाकार चिजामय ल्हे...
एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ

एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ

नेपाल । उज्वेकिस्तानमा जुन २९ देखि आयोजना हुने एएफसी एसियन कप छनोटमा भाग लिने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार एक कार्यक्रबिच खेलाडीको विदाइ गरेको हो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले विदाइ गर्नुभयो । छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेको छ । नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्ने छ । यस्तै दोस्रो खेल जुलाई २ मा श्रीलङ्कासँग र अन्तिम खेल जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।...
घरेलु टोलि स्कटल्यान्डसँग नेपाल पराजीत

घरेलु टोलि स्कटल्यान्डसँग नेपाल पराजीत

अमेरिका । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा सम्पन्न अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले हराएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५९ रनमा समेटियो । नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोड्नुभयो । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोड्नुभयो । कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट हुनुभयो । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट हुनुभयो । स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले निरधारित २०...
नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै नेपाल विजयी

नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै नेपाल विजयी

अमेरिका । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव चार ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिनुभयो । उहाँले ५१ बलमा छ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय पारी खेल्नुभयो । त्यसैगरी, नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै छ बलमा सात रनका साथ आउट हुनुभयो । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गर्नुभयो । भीमले १६ बलमा दुई चौका र एक छ...
अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे ६ नेपाली खेलाडी

अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे ६ नेपाली खेलाडी

अमेरिका । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा ६ नेपाली खेलाडी परेका छन् । नयाँ सिजनको ड्राफ्टमा नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद पर्नुभएको हो । सन्दीपले यसअघि पनि बिबिएल खेलिसक्नुभएको छ । उहाँले दुई संस्करण मेलबर्न स्टार्स र होबर्ट हुरिक्यान्सबाट खेल्नुभएको थियो । बिबिएलको ड्राफ्टमा १९ देशका चार सय ४० खेलाडी समावेश छन् । खेलाडीको अक्सन जुन १९ तारिख हुने छ ।...
युइएफए नेसन्स लिग: पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५-३ गोलले हरायो

युइएफए नेसन्स लिग: पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५-३ गोलले हरायो

नेपाल । युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । पोर्चुगलले दोस्रो पटक यस उपाधि जितेको हो । यसअघि पोर्चुगलले सन् २०१९ मा उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा सकिएको खेलमा पेनाल्टीमा पुगेर पोर्चुगल भाग्यमानी बन्यो । पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गर्नुभयो । यस्तै स्पेनका लागि मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गर्नुभयो । अल्भारो मोराटाको प्रहारलाई पोर्चुगलका गोलरक्षक डियगो कोस्टाले विफल पार्नुभएको थियो । यसअघि २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । तर स्पेनको त्यो अग्रता लामो समय टिकेन । २६औँ मिनेटमा नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याउनुभयो । ४५औँ ...
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

नेपाल । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो । टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो। ...
आईपीएल जितेको उत्सवमा भागदौड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु

आईपीएल जितेको उत्सवमा भागदौड मच्चिँदा कम्तीमा ११ जनाको मृत्यु

नेपाल । बेङ्गलुरुमा आईपीएल टोलीको विजय उत्सवमा बुधबार भागदौड मच्चिँदा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनास्थलमा लाखौँ मानिसहरूको भीड थियो। स्थानीय अधिकारीहरूका अनुसार र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो । केही मानिसहरू अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ। कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गए । ​ उपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन् । यसैबीच, रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।...
आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदररल्यान्डलाई ५ विकेटले हरायो

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदररल्यान्डलाई ५ विकेटले हरायो

नेपाल । नेपालले स्कटल्यान्डमा जारी आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ । डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक रनले हराएको थियो । नेपालको जितका आरिफ शेखले अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाउनुभयो । आरिफ प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन र गुलसन झाले अविजित ११ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिनुभयो । भिभियन किङमा र पल भान मिकेरनले एक एक विकेट झार्नुभयो...