आइसिसी विश्वकप लिग-२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जित्यो
नेपाल । युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई) लाई दुई सय ४३ रनले हरायो ।
जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो ।
युएईका लागि जुनैद सिद्धिक्वीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईलाई सक्तैमा समेट्न अमेरिकाका रसिल उगरकरले पाँच विकेट लिनुभयो । यस्तै सौरव नेत्रभल्करले तीन विकेट झार्नुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरका तीन विकेटको क्षतिमा दुई सय ९२ रनको योगफल खडा गरेको थियो । अमेरिकाका लागि मोनाङ्क पटेलले एक सय ३७ र मिलिन्ड कुमारले अविजित एक सय २३ रनको शतकीय पारी खेल्नुभयो ।
जितसँगै २४ खेलबाट ३६ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ । पराज...





