२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

निर्वाचनका लागि सोमबारदेखि फागुन १८ गते राति १२ बजेसम्म औपचारिक रुपमा प्रचार-प्रसार गर्न पाइने

निर्वाचनका लागि सोमबारदेखि फागुन १८ गते राति १२ बजेसम्म औपचारिक रुपमा प्रचार-प्रसार गर्न पाइने

नेपाल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् । आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहर...
नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने

नेपाल । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए । कांग्रेसले ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।...
राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो दलको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार राजधानीमा सार्वजनिक गरिएको घोषणा पत्रमा राप्रपाले आगामी १० वर्षलाई ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। राप्रपाले विद्युत उत्पादन, प्रसारण पूर्वाधार, निर्यात बजार, पर्याप्त लगानी र नीतिगत स्थिरता सुनिश्चितता भएको खण्डमा नेपाल दक्षिण एसियाकै ऊर्जा केन्द्र बन्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न आगामी दस वर्ष ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने विषयहरु घोषणा पत्रमा समावेश गरेको छ ।...
मकवानपुरे मतदाताको घरघरमा नेपाली काँग्रेसकी डीना उपाध्याय

मकवानपुरे मतदाताको घरघरमा नेपाली काँग्रेसकी डीना उपाध्याय

नेपाल । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना मत माग्दै घरघर पुगिरहनु भएको छ । उक्त अवसरमा उनले जनताबाट अनुमोदन भएर जनताकै हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘जनताले कांग्रेसप्रति विश्वास गरिरहेका छन् । मतदाताकोमा जाँदा त्यो खालको माया पाइरहेका छौं’, उहाँले भन्नुभयो, ‘यहाँको समस्या समाधानसहित जनताकै बीचमा बसेर पाँच वर्ष काम गर्नेछु । जिताएर त्यो अवसर प्रदान गरिदिनुहुनका लागि आग्रह गर्दछु ।’ कांग्रेस हेटौँडा उपमहानगरपालिका वडा नं ४ समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सांसद् बन्नकै लागि मात्र निर्वाचनमा भाग लिन नआएको बताउनुभयो । उहाँले सम्मून्नत नेपाल निर्माणको सङ्कल्प लिएर कांग्रेस निर्वाचनमा आएको भन्दै उहाँले सुशासनयुक्त र सम्मून्नत नेपाल निर्माण कांग्रेसको सङ्कल्प भएको बताउनुभयो । उहाँले आफू जितेर ...
२०८३ सालको पात्रो प्रकाशित, मुख्य मुख्य चाडपर्व कहिले ?

२०८३ सालको पात्रो प्रकाशित, मुख्य मुख्य चाडपर्व कहिले ?

नेपाल । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो प्रकाशित गरेको छ । पात्रो अनुसार वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रवार गौतम बुद्ध जयन्ती मनाइनेछ । साउन १३ गते बुधवार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी र २९ गते सोमवार हरितालिका तीज परेको छ । मुख्य पर्व दशैँ असोज २५ गते आइतवारदेखि घटस्थापना सँगै सुरु हुनेछ भने कात्तिक ४ गते बुधवार विजयादशमी अर्थात् टीका लगाइनेछ । त्यस्तै कात्तिक २० गते शुक्रवारदेखि तिहार शुरु हुनेछ र २५ गते बुधवार भाइटीका लगाइनेछ । कात्तिक २९ गते आइतवार छठ पर्व मनाइनेछ । माघ २४ गते आइतवार सोनाम ल्होसार, २८ गते बिहीवार बसन्त पञ्चमी, फाल्गुन २२ गते शनिवार महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार र चैत्र ७ गते पहाडी क्षेत्रमा तथा ८ गते तराईमा होली मनाइनेछ ।...
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदै

नेपाल । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आइतबार देशभर मनाइँदैछ । दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी...
राप्रपाका नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन

राप्रपाका नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन

नेपाल । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो । एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो । २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक थिए । तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भए । उनी नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए ।...
नजिकियो निर्वाचनः आयोगले आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्दै

नजिकियो निर्वाचनः आयोगले आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्दै

नेपाल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १८ दिन बाँकी रहेको छ। चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले गतिविधि तीव्र पारेका छन् भने निर्वाचन आयोगले आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्दैछ। प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने आयोगले जनाएको छ । १७ गतेसम्म चल्ने मतदाता शिक्षाका लागि आयोगले २५ करोड खर्च गर्ने भएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको हो । आजदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरद...
किशोर श्रेष्ठलाई देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रदान

किशोर श्रेष्ठलाई देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रदान

नेपाल । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८२ बाट वरिष्ठ पत्रकार, जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेपाली पत्रकारितामा निडर पात्रका रूपमा परिचित श्रेष्ठले पत्रकारिताको माध्यमबाट विकृति, विसङ्गतिविरुद्ध तथा आमनागरिकका चासोमा निर्भीक रूपमा निरन्तर प्रश्न उठाएर सूचना प्रवाहमा विशिष्ट योगदान पुर्याएबापत करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले यो पुरस्कार प्रदान गरेको हो । करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा नयाँ करेन्ट तथा तत्कालीन नेपाल पोस्टका सम्पादक प्रकाशक स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतमले श्रेष्ठलाई शुक्रबार स्व. गौतमको जन्मजयन्तीका अवसरमा सम्मान गर्नुभएको हो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । त्यस्तै करेन्ट पब्लिकेसनमा ३५ वर्षभन्दा बढी समयदेखि प्राविधिकको भूमिकामा रहँदै आउनुभएका प्राविधिक हरि थापामगरलाई पनि द...
फेब्रुअरी-१४ अर्थात् भ्यालनटाइन्स डे मनाइँदै

फेब्रुअरी-१४ अर्थात् भ्यालनटाइन्स डे मनाइँदै

नेपाल । शनिबार फेब्रुअरी–१४ अर्थात् भ्यालनटाइन्स डे (प्रणय दिवस) । फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ । विश्वभर प्रेम र स्नेह सटासाट गर्ने दिनका रुपमा मनाइँदैछ । विशेषगरी युवायुवतीबिच लोकप्रिय बनेको यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्ने तथा आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको देखिन्छ। पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ । ‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ। रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रो...