२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

त्रिशुली नदीमा बस खस्दा दुई विदेशीसहित १७ जनाको मृत्यु

त्रिशुली नदीमा बस खस्दा दुई विदेशीसहित १७ जनाको मृत्यु

नेपाल । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा दुई विदेशीसहित १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।...
नेपालमा निर्वाचनको मिति अब ११ दिन बाँकी

नेपालमा निर्वाचनको मिति अब ११ दिन बाँकी

नेपाल । यही फागुन २१ गते हुने निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ । आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अ...
दुई समुदायबीच भएको सामान्य भनाभन पछि रौतहटको गौरमा कर्फ्यु !

दुई समुदायबीच भएको सामान्य भनाभन पछि रौतहटको गौरमा कर्फ्यु !

नेपाल । फागुन ७ गतेदेखि बिग्रिएको रौतहटको सुरक्षा व्यवस्था नियन्त्रणमा ल्याउन प्रशासनले सेना परिचालनसँग कर्फ्यु लगाउनु परेको छ । गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको कर्फ्यु आइतबार बिहान केही खुकुलो पारिएको छ । प्रहरी प्रशासनले घटना बढाउन भूमिका खेलेको भन्दै २० जनालाई पक्राउ गरिसकेको छ । जनमत पार्टीका नेता शेख जमशेदसहित २० जना प्रहरी नियन्त्रणमा छन् ।  ...
मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प छैनः प्रवक्ता चालिसे

मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प छैनः प्रवक्ता चालिसे

नेपाल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । फागुन २१ को निर्वाचन ‘देश बचाउने वा सकाउने’ भन्ने बिचको जनमत सङ्ग्रह भएको उहाँले दाबी गर्नुभयो । प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रूपन्देही क्षेत्र नं २ को बुटवलमा आयोजित ‘बुद्धिजीवीसँग नेपाली कांग्रेस’ अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता चालिसेले भन्नुभयो, “अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथ जोगाउनुपर्ने चुनौती छ । देशको भविष्य कांग्रेससँग जोडिएकाले मतदाताले यस पटक गम्भीर भएर रुख चिह्नमा मतदान गर्नुपर्छ ।” कांग्रेस जिम्मेवार लोकतान्त्रिक दल भएकाले ‘जेन–जी’ सहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उहाँको भनाइ थियो । सुधारिएको कांग्रेसले देशको अवस्था बदल्ने दाबी गर्दै उहाँले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ ले सिर्जना गरेको भ्रममा नपर्न आग्रह गर्नुभय...
निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो । प्रदेशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भन्नुभयो, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न आग्रह गर्न चाहन्छु ।” उहाँले फागु पूर्णिमा (होली) आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखबाट प्रदेशको सुरक्षा अवस्थाबारे...
नेपालको निर्वाचनप्रति विश्व समुदायको चासो

नेपालको निर्वाचनप्रति विश्व समुदायको चासो

नेपाल । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिडिया र निर्वाचन आयोग एउटा सिक्काका दुई पाटा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगरमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । २०७९ सालमा तत्कालीन सरकारले स्थानीय निर्वाचनको मिति पछाडि सार्न खोज्दाखोज्दै मिडियाको बलमा फागुन २१ गते तोकिएको समयमा नै सम्पन्न भएको बताउँदै उहाँले मिडिया र सञ्चारजगतले आवधिक निर्वाचन गराउन आयोगलाई ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले भदौ २७ गते राष्ट्रपतिले निर्वाचनको घोषणा गरेपछि मिडियाले नै चुनावका पक्षमा सकारात्मक वातावरण बनाइदिएको धारणा राख्नुभयो । निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यो पटक चुनावका विपक्षमा मिडियाले एउटा पनि नकारात्मक समाचार नलेखेर महत्वपूर्ण सहयोग गरेको ...
एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्ति पक्राउ

एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्ति पक्राउ

नेपाल । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झण्डा जलाएको भिडियो सार्वजनकि भएपछि अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेका तुलसीपुरको कालाखोला बस्ने वर्ष ५५ का बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरूले झण्डा जलाएका थिए । निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । ...
निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आह्वान

नेपाल । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्...
कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा

कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा

नेपाल । नेपाली कांग्रेसले विदेशमा बस्ने गैरआवासीय नेपालीहरूका मुद्दालाई प्रष्टसँग प्रतिज्ञापत्रमा उल्लेख गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राजधानीमा बिहीबार आयोजित कार्यक्रममा प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गर्नुभएको हो । प्रतिज्ञापत्रको १७० देखि १७४ पृष्ठसम्म ‘नेपाली डायस्पोराः अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षक दिएर प्रष्ट्याएको छ । सुरूमै कांग्रेसले गैरआवासीय नेपाली सङ्घले उठाउँदै आएको ‘एक पटकको नेपाली सधैँको नेपाली’लाई आत्मसात् गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरेर डायस्पोराका सबै पुस्ताको भावना, ज्ञान, सीप र पुँजीलाई देशको समुन्नतिका लागि जोड्ने उल्लेख गरेको छ । “विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो माटोप्रतिको स्नेह बोकेका लाखौँ नेपालीको भावनामा आज ‘विस्तारित नेपाल’ जीवन्त छ । मातृभूमिको सामाजिक, सांस्कृतिक र आर्थिक प्रगतिमा डायस्पोराको...
एमाले घोषणापत्रः पाँच लाख रोजगारी सिर्जना, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार

एमाले घोषणापत्रः पाँच लाख रोजगारी सिर्जना, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । एमालेले तत्काल गर्नुुपर्ने ११ काम, पाँच विकासका लागि आधारभूत घोषणा र २५ समृद्धिको स्तम्भ समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा पत्रमा समेटिएका तत्काल गर्नुपर्ने ११ काम गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा श्रमिकको तलब न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउने उल्लेख छ । यस्तै सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म निःशुल्क हरेक महिना १० जीवी इन्टरनेट डाटा, युवा र उद्यमीलाई रु १० ...