यी हुन् मकवानपुर क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डिनाको संकल्प
नेपाल (हेटौंडा) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेकी छिन् ।
आफू निर्वाचित भएपश्चात गर्ने कार्य र आफ्नो प्राथमिकतालाई समेटेर उनले संकल्पपत्र सार्वजनिक गरेकी हुन् । उनको संकल्पपत्रमा विभिन्न ९ वटा बुँदालाई समेटिएको छ । सुशासन र लोकतन्त्रको रक्षा अन्तर्गत संविधान, लोकतन्त्र, संघीयता र समावेशिताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गराउने, ‘विद्युतीय सुशासन’ मार्फत छरितो र भ्रष्टाचारमुक्त सेवा प्रवाह सुनिश्चित गर्ने, शान्ति, सुशासन र स्थिरता कायम गर्दै ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिवद्धता’ अभियान चलाउने उल्लेख छ ।
यस्तै पूर्वाधार विकास अन्तर्गत रातोमाटेदेखि राप्ती पुल हुँदै चौकीटोलसम्म व्यवस्थित वैकल्पिक मार्ग सञ्चालन गर्न जोड गर्ने, त्रिभुवन रा...









