१९ फाल्गुन २०८२, मंगलवार

राजनीति/समाज

कांग्रेसका उम्मेदवारहरुको काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र ‘भिजन १०’ सार्वजनिक

कांग्रेसका उम्मेदवारहरुको काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र ‘भिजन १०’ सार्वजनिक

नेपाल । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितीमा तीनवटै जिल्लाका उम्मेदवारहरुको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो । प्रतिज्ञा पत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रुपमा लिइ स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ । उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुर्नसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ । यसैगरी, उपत्यक...
केपी ओली टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै

केपी ओली टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार झापाको कमल गाउँपालिका अन्तरगतका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम गर्नुहुने भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गाउँ पालिका अन्तरगतका बिभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिनुभएको छ । कार्यक्रम सबैभन्दा बढी प्रथामिकता स्थानीय बालबालिका, महिला, बृद्धबद्धालाई दिने गर्नु भएको छ । जो आफ्नो समस्या राख्न धेरै टाढा जान सक्दैनन् उहाँहरुसँग घर तथा टोलमा नै पुगेर भेटघाट गर्दै आउनु भएको छ । ...
नेकपाले ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने प्रचण्डको अनुमान

नेकपाले ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने प्रचण्डको अनुमान

नेपाल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको बताएका छन् । पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले आगामी चुनावमा ४ दल नेकपा, काँग्रेस, एमाले र रास्वपाबीच चर्को प्रतिस्पर्धा हुने देखिएको बताए । चार पार्टीबीच प्रतिस्पर्धा हुँदा पहिलो नेकपा बन्ने आधार देखिएको भन्दै दोस्रो, तेस्रो को हुन्छ भन्ने नसकिने बताए। ...
निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

नेपाल । सरकारले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च बेहोर्ने भएको छ । फागुन १२ गतेका मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको अवधिमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । वाद दिने निर्णय भएको छ ।...
बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

नेपाल । बैतडीमा रास्वपा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा २ जना घाइते भएका प्रहरीले जनाएको छ । चुनावी घरदैलोका क्रममा जिल्लाको डिलासैनी गाउँपालिकामा झडप भएको जनाइएको छ ।
विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयको सामान्य सुधार

विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयको सामान्य सुधार

नेपाल । विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयले सामान्य सुधार गरेको छ । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार टाइम्स हाइअर एजुकेसनको वरीयतामा त्रिवि एक हजार पाँच सय वटा विश्वविद्यालयको सूचीभित्र परेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वर्ष (सन् २०२५) मा पनि त्रिविको वरीयता यही नै थियो । तर सन् २०२६ मा त्रिविले २३.५२ प्रतिशत अङ्क प्राप्त गरेको छ । गत वर्ष २३.२ प्रतिशत मात्रै प्राप्त गरेको थियो । टाइम्स हाइअर एजुकेसन विश्वमा विश्वविद्यालयको वरीयता निर्धारण गर्दै आएको प्रतिष्ठित संस्था हो । यस संस्थाले तोकेको वरीयताको आधारमा विश्वका कुन विश्वविद्यालयको स्तर कस्तो रहेको छ भन्ने जानकारी लिने गरिन्छ । यस संस्थाले विश्वविद्यालयको वरीयता निर्धारण गर्दा शिक्षण, अनुसन्धानको स्तर, अनुसन्धान गर्ने वातावरण र लगानीलगायतलाई आधार मान्...
निर्वाचन प्रचार प्रसारमा कुनै अवरोध गरे रु दुई लाख बराबरको जरिवाना हुने

निर्वाचन प्रचार प्रसारमा कुनै अवरोध गरे रु दुई लाख बराबरको जरिवाना हुने

नेपाल । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचार प्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिबाना हुने भएको छ । सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचार प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचार प्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचार प्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । साथै विभिन्न सञ्चार...
देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएका छौंः सभापति थापा

देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएका छौंः सभापति थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा मंगलबार आयोजित चुनावी कार्यक्रममा उनले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए । सभापति थापाले सर्लाही ४ लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा रहेको ‘जनता दलान’ कार्यक्रमअन्तर्गत क्षेत्रका मतदातासँग आफू सिधै सम्पर्कमा रहने बताए । सभापति थापाले मधेसको नेतृत्व गरेपछि मात्र आफू सिङ्गो राष्ट्रको नेतृत्वका लागि योग्य हुने बुझाइका साथ सर्लाहीबाट नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन आएको बताए । उनले यस क्षेत्रमा देखिएका धेरै समस्या आगामी एक वर्षभित्रमै न्यूनीकरण हुने बताए ।...
फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा, जेनजी परिषद् गठन गरिने

फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा, जेनजी परिषद् गठन गरिने

नेपाल । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरुः १। प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय । २। चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने । ३। काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने। ४। बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्न...
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

नेपाल । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।...