रास्वपाद्वारा मनाङबाहेकको १६४ स्थानमा उम्मेदवारी दर्ता
नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी दर्ता हुन सकेन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिनुभयो ।
झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन ९गोमा० तामाङ, कास्की ३ मा बिना गु...







