२३ फाल्गुन २०८२, शनिबार

राजनीति/समाज

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न गृह मन्त्रालयको निर्देशन

राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न गृह मन्त्रालयको निर्देशन

नेपाल । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, “राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।” ...
मुलुकलाई संकटबाट जोगाउन एमालेलाई आफ्नो पार्टीसँग एकता गर्न प्रचण्डको आह्वान

मुलुकलाई संकटबाट जोगाउन एमालेलाई आफ्नो पार्टीसँग एकता गर्न प्रचण्डको आह्वान

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई विद्यमान सङ्कटबाट जोगाउन नेकपा (एमाले) लाई आफ्नो पार्टीसँग एकता गर्न औपचारिक आह्वान गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन एमालेलाई अपिल गरेका हुन्। उनले राष्ट्रभन्दा ठूलो अरु केही नभएको उल्लेख गर्दै वामपन्थी र कम्युनिष्टहरूको एकताले मात्रै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्ने दाबी गरे । संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरूको चलखेल बढ्दै गएको र त्यसलाई रोक्न सबै देशभक्त एवं लोकतन्त्रवादीहरू एकै मोर्चामा आउनुको विकल्प नभएको बताए । उनले आफ्नो पार्टी र माधवकुमार नेपाल नेतृत्वको शक्तिबीचको एकताले अब देशकै नम्बर एक पार्टी बन्ने विश्वास समेत व्यक्त गरे ।...
प्रतिनिधिसभा निर्वाचनअघि सार्वजनिक बहसका लागि तयार छुः ओली

प्रतिनिधिसभा निर्वाचनअघि सार्वजनिक बहसका लागि तयार छुः ओली

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रतिनिधिसभा निर्वाचनअघि सार्वजनिक बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीका उम्मेदवारलाई निर्वाचनअघि सार्वजनिक बहसमा ल्याउनुपर्ने माग भइरहँदा ओलीले आइतबार बिहान समाजिक सञ्जालमा लेखेर ‘पब्लिक डिबेट’का लागि तयार रहेको बताएका हुन् । ...
मधेश प्रदेशको समुन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने गगन थापाको उद्घोष

मधेश प्रदेशको समुन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने गगन थापाको उद्घोष

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक रूपान्तरणमार्फत समुन्नत नेपालको अवधारणा साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्लाहीका मतदातासँग शनिबार काठमाडौँमा सम्पन्न अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले युवापुस्ताको परिवर्तनको आकाङ्क्षा र मुद्दालाई समयसापेक्ष कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभएको हो । उहाँले राजनीतिको अबको मुख्य मुद्दा नै रोजगारी सिर्जना हुनुपर्ने प्रस्ट पार्दै नेपालमा बसेर दुईरतीन लाख रुपियाँ आम्दानी गर्न सक्ने वातावरण बनाउन नीतिगत र योजनाबद्ध काम अघि बढाउने बताउनुभयो । सभापति थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले समग्र प्रणालीमै परिवर्तनको मुद्दा उठाएको बताउँदै युवाको निराशालाई सम्बोधन गरेर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । उहाँले युवाको परिवर्तनको चाहना आन्दोलनमार्फत व्यक्त भएको र त्यसलाई अपनत्व ग्रहण गरिएको, पार्टीको नीति ...
माघ १० गतेबाट शहीद सप्ताह सुरु

माघ १० गतेबाट शहीद सप्ताह सुरु

नेपाल । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा माघ १० गतेबाट शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो । सोही दिनको स्मरण गर्दै शनिबारबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।...
राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै

राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै

नेपाल । राष्ट्रिय सभा सदस्यका लागि आइतबार मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सभाका १९ जना सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको र सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा आइतबार बिहान ८ बजेदेखि मतदान हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जना सदस्यको पदावधि सकिँदै छ । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा १८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । एमालेबाट आठ, नेपाली कम्युनिस्ट पार्टीबाट १७, नेपाली कांग्रेसबाट नौ, जनता समाजवादी पार्टीबाट तीन र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक, नेपाल मजदुर किसान पार्टीबाट दुई र राष्ट्रिय जनमोर्चाबाट चार पदका लागि मनोनयन दर्ता भएको हो । प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ ...
बदल्यौं कांग्रेस, बदल्छौं देशः सभापति गगन थापा प्रधानमन्त्रीको उम्मेदवार !

बदल्यौं कांग्रेस, बदल्छौं देशः सभापति गगन थापा प्रधानमन्त्रीको उम्मेदवार !

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति पदको कार्यभार सम्हाले लगत्तै उहाँले यस्तो बताउनुभएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उहाँले भन्नुभएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’ त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनावमा जाने निर्णयसमेत गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गर्नुभएको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो । विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेपछि पार्टी सभापतिसहितका पदाधिकारीले शुक्रबार पदबहाली गरे...
उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रेशम चौधरीले हाले मुद्दा

उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रेशम चौधरीले हाले मुद्दा

नेपाल । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै उनले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको पेसी आइतबारका लागि तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयले बिहीबार चौधरीको उम्मेदवारी खारेज गरेको थियो । निर्णयमा नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का उम्मेदवार रेशमलाल चौधरीको मनोनयनपत्र प्रचलित कानूनबमोजिम कायम रहन सक्ने अवस्था नदेखिएको उल्लेख गर्दै खारेज गरिएको जनाइएको छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार उम्मेदवारी खारेज गर्न तीन आध...
गोरखा-२ बाट उम्मेदवारी दिएका बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

गोरखा-२ बाट उम्मेदवारी दिएका बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

नेपाल । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए । यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका उनी अन्तिम समयमा पार्टीको आग्रहमा उम्मेदवार बनेका थिए । तर गोरखा–२ क्षेत्रका अन्य राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्दै उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । डा. भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखा–२ निर्वाचन क्षेत्रको चुनावी समीकरणमा परिवर्तन आउने अनुमान गरिएको छ।...
नचिनेका र नजानेका मान्छेलाई भोट हाल्नु विकासका दृष्टिले जोखिमपूर्ण हुन्छः ओली

नचिनेका र नजानेका मान्छेलाई भोट हाल्नु विकासका दृष्टिले जोखिमपूर्ण हुन्छः ओली

नेपाल । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नचिनेका र नजानेका मान्छेलाई भोट हाल्नु विकासका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन् । झापामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले धितो र जमानी नभएका अर्थात् राजनीतिक पहिचान र धरातल नभएका उम्मेदवारलाई मतदान गरेर आफ्नो अमूल्य मत खेर नफाल्न मतदाताहरूसँग आग्रह गरे । २०६४ सालको निर्वाचनमा नयाँ शक्तिलाई मत दिँदा मुलुकले विकासमा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराउँदै उनले त्यसबेलाको अनुभव निकै तितो र अमिलो भएको टिप्पणी गरे । ...