२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति

नेपाल । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार अधिकारीकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसरले अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका तीन जनाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट गरिएको थियो ।...
नेकपा एमालेको सचिवालय बैठकमा सरकारका कामको समीक्षा

नेकपा एमालेको सचिवालय बैठकमा सरकारका कामको समीक्षा

नेपाल । नेकपा एमाले सचिवालय बैठकले सरकारका कामको समीक्षा गरेको छ । बैठकले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार बसेको बैठकले सरकारको कामको समीक्षा गर्दै सरकार आधारभूत रुपमा ठिक ढंगले कम गरिरहेको र कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन संयन्त्र बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । साथै उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको बताउँदै विश्व राजनीतिक घटनाक्रमलाई मूल्यांकन गरेर दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा पार्टीले जोड दिएको बताए । बैठकले सत्ता साझेदार कांग्रेस र एमालेबीच अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै आगामी निर्वाचनसम्म सत्ता सहकार्य लैजानका लागि दुई दलीय राजनीतिक संयन्त्र बनेको भन्दै यस्ले सरकारलाई प्रभावकारी रुपमा काम गर्न र बिरोधीको अपवाह चिर्न बल पुग...
काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित

काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित

नेपाल । नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम मनोनित गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको संयोजकत्वमा रहेको विभागमा मनोनित हुनेहरुमा विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरु समेत समेटिएका छन् । मनोनयन सदस्यहरू: १– श्री नरेन्द्रबहादुर भाट, डडेल्धुरा २– श्री दिलबहादुर गुरूङ्ग, मनाङ ३– श्री पूर्णबहादुर हमाल बाग्लुङ ४– श्री पेमा नीमा शेर्पा, ओखलढुंगा ५– श्री नारायण सुवेदी, चितवन ६– श्री कृष्ण गिरी (जगन्नाथ), झापा ७– श्री नारायण खरेल, काठमाडौं ८– श्री गिरीराज कुँवर, चितवन ९– श्री कुलप्रसाद गुरूङ्ग, कास्की १०– श्री हिक्मत थापा, कैलाली ११– श्री राजु रेग्मी ’राज’, बाग्लुङ १२– श्री शालिकराम डुम्रे, स...
रास्वपाद्वारा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय

रास्वपाद्वारा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ । रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने र सो आन्दोलनलाई साथ दिन नेपाली जनतालाई आह्वान गर्ने निर्णय पनि गरेको छ । ...
सहकारी प्रकरण होस् की मानव तस्करी प्रकरण, सबै कानुनी दायरामा आउनुपर्छः गगन

सहकारी प्रकरण होस् की मानव तस्करी प्रकरण, सबै कानुनी दायरामा आउनुपर्छः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरण होस् की मानव तस्करीमा संलग्न रहेको प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्ने बताएका छन् । महामन्त्री थापाले सामाजिक संजालमा लेख्दै कानुन विपरीत कार्य गर्ने सबै जनप्रतिनिधि कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् । उनले भनेका छन्– ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस्, कानुन सबैको लागी बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।’ ...
मानव तस्करीको आरोप लागेका निवर्तमान प्रदेशमन्त्री अधिकारी एमालेबाट निलम्बित

मानव तस्करीको आरोप लागेका निवर्तमान प्रदेशमन्त्री अधिकारी एमालेबाट निलम्बित

नेपाल । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो । प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारी माथि लागेको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन् । बुधबार मन्त्री अधिकारीले प्रदेश सरकार र पार्टीको बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए । अधिकारी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएपछि उनीमाथि मानव तस्करीको आरोपमा प्रहरीले छानविन गर्ने तयारी गरिरहेका बेला पार्टीले निलम्बन गरेक...
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम लिन्नः प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम लिन्नः प्रचण्ड

नेपाल (हेटौंडा) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार देशलाई अँध्यारोतर्फ धकेल्लन उद्यत रहेको आरोप लगाएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै ओली सरकारलाई उज्यालो मन नपरेको टिप्पणी गर्दै देशलाई अँध्यारोमा लैजाने काम गरिहेको बताए । आफ्नो नेतृत्वको पूर्वसरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप समेत लगाए। अध्यक्ष दाहालले आगामी दिनमा देशभरका जिल्ला र स्थानीय तहमा आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताए । उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे ।...
भेनेजुयलाबाट नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता

भेनेजुयलाबाट नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार स्वदेश फिर्ता हुनुभएको छ । एक साताको भेनेजुयला भ्रमणबाट शनिबार दिउँसो १२ बजे स्वदेश फिर्ता हुनुभएको हो । पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली गत शनिबार भेनेजुयला प्रस्थान गरेको थियो । पार्टी केन्द्रीय सचिव शेरबहादुर कुँवरकाअनुसार फोरमले कात्तिक १९ र २० गते आयोजना गरेको सम्मेलनलाई अध्यक्ष नेपालले सम्बोधन गर्नुभएको थियो ।...
फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङ्गे

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छुः दीपक मनाङ्गे

नेपाल । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिनुभएको छ । व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी सम्पर्कविहीन हुनुभएको थियो । शुक्रबार विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाउनु भएको हो ।...
नेपाली काँग्रेसले पुनः १०० दिने अभियान शुरु गर्दै

नेपाली काँग्रेसले पुनः १०० दिने अभियान शुरु गर्दै

नेपाल । नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थाल्ने भएको छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान सुरु भएको केही दिनमै रोकिएको अब चाडपर्व सकिएपछि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । अभियान पार्टीको संगठन चलायमान बनाउन प्रभावकारी देखिएको बताए । पार्टीले अघि सारेको नीति, एमालेसँगको सहकार्य, सहकारी प्रकरणलगायतको विषय जनतामाझ लैजान कांग्रेसले अभियान चलाएको हो । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित गरेर चुनाव हुने क्षेत्रमा अभियानमा खटिएका प्रतिनिधिले काम गर्ने मुख्यसचिव पौडेलले बताए ।...