२३ फाल्गुन २०८२, शनिबार

राजनीति/समाज

संसद् पुनःस्थापनाको माग गर्दै दायर रिटमा पेसी तोकिएको छैनः सर्वोच्च

संसद् पुनःस्थापनाको माग गर्दै दायर रिटमा पेसी तोकिएको छैनः सर्वोच्च

नेपाल । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए । अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रहेको छ । गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरेकी थिइन् ।...
आयोगले तोक्यो निर्वाचन आचारसंहिता अनुमगन अधिकृत

आयोगले तोक्यो निर्वाचन आचारसंहिता अनुमगन अधिकृत

नेपाल । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ । आचारसंहिता, यही माघ ४ गतेदेखि लागू भएको हो ।...
सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्दै युवराज सफल पक्राउ

सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्दै युवराज सफल पक्राउ

नेपाल । युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो । महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिइएको प्रवक्ता भट्टराईले बताउनुभयो । महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेलविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ । ...
सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेशको माटो राम्रोसँग टेक्नुपर्छः गगन थापा

सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेशको माटो राम्रोसँग टेक्नुपर्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबारदेखि आफ्नो क्षेत्र सर्लाही–४ मा चुनावी प्रचार सुरू गरेका छन् । एक भिडिओ सन्देशमार्फत् थापाले काठमाडौं ४ को माया, भरोसा र शुभेच्छासहित सर्लाहीमा आएको बताएका छन् । उनले पहिलो संविधानसभा चुनावमा समानुपातिक सूचीमा रहँदादेखि ७९ सम्म काठमाडौं ४ मा निरन्तर जोडिएको सन्दर्भहरू उल्लेख गरेका छन् । आफू भर्खर पार्टीको सभापति भएको र यो पटक काठमाडौं ४ झन् सहज छ छोड्नु हुँदैन भनेर साथी र शुभेच्छुकले आग्रह गरेको थापाले बताएका छन् । काठमाडौंमा जन्मीहुर्की सहरको जीवन र सार्‍हो गार्‍हो बुझेको मौका पाएको भन्दै उनले राष्ट्रिय पार्टीको जिम्मेवारी निर्वाह गरिरहँदा मधेशसँगको सम्बन्ध प्रगाढ बनाउनु पर्छ तीव्र इच्छा जागेको बताएका छन् । सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेशको माटो राम्रोसँग ढोग्नुपर्छ, टेक्नुपर्छ र आशीर्वाद लिनुपर्छ भनेर सोचसहित सर्लाही ओर्...
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । आफ्नो धार्मिक भ्रमणका क्रममा दिउँसो मन्दिर पुगेका उनले जानकी माताको दर्शन गरी देशको कल्याणको कामना गरे। पूजापाठ सम्पन्न भएपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतिमा उपहार स्वरूप प्रदान गरे। सो अवसरमा महन्थ दासले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै २०४७ साल पछिका संवैधानिक व्यवस्था हटाउन पूर्व राजालाई आग्रह गरे । उनले देशमा राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशभरका सम्पूर्ण साधुसन्तहरू आन्दोलनमा उत्रिन र साथ दिन तयार रहेको समेत उद्घोष गरे । मन्दिर दर्शनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा शाहले आफ्नो जनकपुर भ्रमण विशुद्ध धार्मिक मात्र रहेको बताए ।...
समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य शुरु

समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य शुरु

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो । केन्द्रले सोमबारबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।...
मुलुक जल्नुको मुख्य कारण काँग्रेस-एमाले गठबन्धन र केपी ओली हुन्ः वर्षमान

मुलुक जल्नुको मुख्य कारण काँग्रेस-एमाले गठबन्धन र केपी ओली हुन्ः वर्षमान

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले गत भदौको जेनजी आन्दोलन र विध्वंशको मुख्य जिम्मेवार केपी ओली नेतृत्वको काँग्रेस–एमाले गठबन्धन सरकार रहेको बताएका छन् । ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिले नवयुवामा बढेको तीव्र असन्तुष्टि २३ भदौमा विस्फोट भएको पुनले भनाइ थियो । ओली सरकारको जनताका आवाज नसुन्ने र बिचौलिया वर्गको सेवामा समर्पित हुने प्रवृत्ति मुलुक जल्नुको कारक रहेको आरोप पुनले लगाए । आदोलनको पृष्ठभूमि निर्माण गर्ने काममा भने तत्कालीन प्रधानमन्त्री ओलीले सबैभन्दा बढी भूमिका खेलेको पुनले बताए । ‘भदौ २३ गते केपी ओली नेतृत्वको काँग्रेस–एमालेको गठबन्धन सरकारको भ्रष्ट, स्वेच्छाचारी दमनकारी र निरंकुश प्रवृत्तिविरुद्ध वनयुवाहरुमा गुम्सिएको असन्तोषको विस्फोट थियो’, पार्टीको रोल्पा काठमाडौं सम्पर्क मञ्चद्वारा सोमबार राजधानीमा आयोजित कार्यक...
केपी ओलीसँग पब्लिक डिबेटमा बस्दिनः बालेन शाह

केपी ओलीसँग पब्लिक डिबेटमा बस्दिनः बालेन शाह

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सहभागी नहुने प्रतिक्रिया दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ । ...
रवि लामिछानेको मुद्दामा प्रमाण झिकाउन आदेश

रवि लामिछानेको मुद्दामा प्रमाण झिकाउन आदेश

नेपाल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ। न्यायाधीश डा मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला ।’ यसअघि यही माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरे...
अदालतको आदेशसँगै चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने

अदालतको आदेशसँगै चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने

नेपाल । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने भएको छ । अदालतले उक्त विवादमा सुनुवाइका लागि यही माघ १५ गतेलाई बोलाएको छ। उक्त पार्टीका संरक्षक चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध यही माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । चौधरीको कसुर र कैदको अभिलेख कायमै हुने उल्लेख गर्दै आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । चौधरीले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए।...