२१ फाल्गुन २०८२, बिहीबार

राजनीति/समाज

महाधिवेशन केन्द्रित कार्यक्रमसहित शेखर कोइराला सुदुरपश्चिमको यात्रामा

महाधिवेशन केन्द्रित कार्यक्रमसहित शेखर कोइराला सुदुरपश्चिमको यात्रामा

नेपाल । १५ औँ महाधिवेशन केन्द्रित गतिविधि गर्दै आउका नेपाली कांग्रेस नेता डा. शेखर कोइराला सुदुरपश्चिम प्रदेश यात्रामा निस्कने भएका छन् । कोइरालाले पछिल्लो समय महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् । मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरला शुक्रबारबाट यात्रामा निस्किन लागेका हुन्। कोइरालाले सुदुरपश्चिमका अधिकांश जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची तय भएको छ । कैलालीमा जिल्लागत भेटघाट गर्नेछन् । पुस ६ गते नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको कोइराला सचिवालयले जनाएको छ। ...
सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोग नगर्न अदालतबाट अन्तरिम आदेश

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोग नगर्न अदालतबाट अन्तरिम आदेश

नेपाल । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णयलाई बिहीबार प्रमाणीकरण गरेसँगै सरकारी कामकाजमा अवदेखि ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको हो । संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा ’जनयुद्ध’ शब्द प्रयोग भएपछि संविधानविपरीत कुरा हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले दायर गर्नुभएको रिटमा यस्तो आदेश भएको छ । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आर्थिक २०८१–८२ को बजेट वक्तव्यको बुँदा नं। २, विनियोजन ऐन २०८१ मा र मधेश प्रदेशको बजेटमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएको हो ।...
नेपालका प्रधानमन्त्री केपी शर्मा अस्वस्थ, बालुवाटारमै आराम गर्दै

नेपालका प्रधानमन्त्री केपी शर्मा अस्वस्थ, बालुवाटारमै आराम गर्दै

नेपाल । नेपालका प्रधानमन्त्री केपी शर्मा अस्वस्थ बनेका छन् । बिहीबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गरिएको छ । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन् । इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसे। बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो । यस्तै नास्टको पूर्वनिर्धारित कार्यक्रममा समेत उनी सहभागी भएनन् । प्रधानमन्त्री ओलीको आज पनि कुनै सार्वजनिक कार्यक्रम राखिएको छैन ।...
चुस्त, दुरुस्त कार्य सम्पादन गर्न प्रदेश प्रमुखको निर्देशन

चुस्त, दुरुस्त कार्य सम्पादन गर्न प्रदेश प्रमुखको निर्देशन

नेपाल (हेटौंडा) । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जिल्ला समन्वय समितिले चुस्त, दुरुस्त कार्य सम्पादन गर्न समन्वयात्मक भूमिकामा रहेर निर्देशकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको वार्षीक समीक्षा कार्यक्रममा बुधबार प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् । व्यक्तिले शान्त र एक्लै भएको बेला आफ्नो ब्रम्हले उचित र निष्पक्ष कार्य गरेको स्वमुल्याङ्कन गरेर गर्व महसुस गर्ने गरी काम गर्नु पर्ने देवकोटाले बताए । नेपालको संविधान ९२०७२० को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको ब्यवस्था छ । यस अनुसार जिल्लामा रहेका स्थानीय तहहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । राज्यका तीनै तहसङ्ग समन्वय, विकास निर्माण अनुगमन, प्रकोप तथा बिपत् ब्यवस्थापन समन्वयमा समेत चुस्त रहनु पर्ने उनले सुझाव दिए ।...
कांग्रेस र एमालेको सरकार ढल्दैन, ढुक्क हुनूः मन्त्री गुरुङ

कांग्रेस र एमालेको सरकार ढल्दैन, ढुक्क हुनूः मन्त्री गुरुङ

नेपाल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ भने ।...
नेकपा एसका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

नेकपा एसका केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ। मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छ । त्यस्तैगरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । साथै विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ । पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम ...
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पुस ५ मा सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उहाँलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । लामिछाने कार्तिक २ गते वनस्थलीबाट पक्राउ पर्नुभएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछानेसहित ५ जना थुनामा छन् ।...
नेकपा एसको २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेकपा एसको २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको तेस्रो स्थायी कमिटी बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो । मंसिर २६ गतेदेखी सुरु भएको बैठक सोमबार सम्पन्न भएको हो । सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार, सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुनेछन् । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्रकुमार राई, ग...
काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

नेपाल । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ,उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए । उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।...
प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन

प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन

नेपाल । सहकारी ठगी प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमवार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेबिरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीले सहकारी ठगी प्रकरणमा प्राप्त तथ्यलाई केलाउँदै लामिछानेबिरुद्ध तीन वटा मुद्दा चलाउन सिफारिश गरेको छ ।...