२१ फाल्गुन २०८२, बिहीबार

राजनीति/समाज

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक बस्दै

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेपाल । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक शुरु हुने छ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।...
काँग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

काँग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका छन् । सदस्य मनोनित भएकाहरुः -खगेश्वर बोहरा, कञ्चनपुर -मीनबहादुर भण्डारी, जुम्ला -ध्रुव खड्का, काठमाडौं -जमसेर अलि मियाँ, कपिलवस्तु -सिताराम परियार, काभ्रेपलाञ्चोक -शम्भुहरि बास्तोला, सोलुखुम्बु -सञ्जीव घिमिरे, झापा -जुनु गुरुङ, लम्जुङ -विजयकुमार सिंह, रौतहट -राजीव श्रेष्ठ, काठमाडौं...
सभापति उठ्ने कि नउठ्ने सम्बन्धमा गगन थापा भन्छन्-महाधिवेशनको समयमै सोचौंला

सभापति उठ्ने कि नउठ्ने सम्बन्धमा गगन थापा भन्छन्-महाधिवेशनको समयमै सोचौंला

नेपाल (हेटौंडा) । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरेका छन् । मंगलबार हेटौंडामा ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन । प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्दैन कि भन्ने नसोच्नुहोला,’ उनले भने । पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने पटक–पटक दाबी गरे । उनले पार्टीका मञ्चहरुमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा हुने गरेको भन्दै १५औं महाधिवेशनको विषयमा रुवाबासी गर्नुनपर्ने बताए । ‘नेतृत्वको विषयमा महाधिवेशनको समयमै सोचौंला । अहिले २०८१ मा छौं...
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने

नेपाल । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय सार्बजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिने भएको छ । ‘२०८४ को निर्वाचनमा पार्टी दर्ता गरेर उपयुक्त निर्वाचन लिइनेछ’ सो पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्माले जानकारी दिए । उनका अनुसार फागनु २१ गते देखी झापा–कञ्चनपुरसम्मको जनमार्च गरिने पनि उनले उल्लेख गरेका छन ।...
देशविदेशमा राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

देशविदेशमा राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

नेपाल । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा मंगलबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ । २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा स्वदेश फर्किएका थिए। आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका वेला उनी स्वदेश फर्किएका थिए । २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइए...
भीम रावललाई एकीकृत समाजवादीमा समाहित हुन भुसालको आग्रह

भीम रावललाई एकीकृत समाजवादीमा समाहित हुन भुसालको आग्रह

नेपाल । नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भुसालले एमालेबाट निष्कासित नेता भीम रावललाई एकीकृत समाजवादीमा समाहित हुन आग्रह गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त आग्रह गर्नुभएको हो । महासचिव भुसालले अगाडि भन्नुभयो, ‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ। कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ ।’ ...
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनु पर्छः कोइराला

अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनु पर्छः कोइराला

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्ने बताएका छन् । खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताए । महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । नेता डा कोइरालाले सुशासनका लागि अब कसैलाई दोष दिएर नभई सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।...
मोहन वैद्य अस्वस्थ, माओ दिवस कार्यक्रमबाटै अस्पताल भर्ना

मोहन वैद्य अस्वस्थ, माओ दिवस कार्यक्रमबाटै अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । पुरानै रोग अर्थात् दम बढेपछि महासचिव वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो । उनी बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । त्यसक्रममा अस्वस्थ्य भएका वैद्यलाई शिक्षण अस्पताल भर्ना गरिएको हो ।...
रास्वपाद्वारा विभाग र आयोगमा सदस्यहरु मनोनीत

रास्वपाद्वारा विभाग र आयोगमा सदस्यहरु मनोनीत

नेपाल । शुक्रबार बसेको रास्वपाको सचिवालय बैठकले केन्द्रीय विभाग तथा आयोगमा सदस्यहरु मनोनीत गरेको छ। बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरेको हो । त्यस्तै केन्द्रीय संगठन विभागमा लमजुङका धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनीत गरिएको छ । पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि बैठकले निर्णय गरेको छ। बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरे । ...
रास्वपाको सचिवालय बैठक बस्दै, यी अजेण्डामा छलफल हुँदै

रास्वपाको सचिवालय बैठक बस्दै, यी अजेण्डामा छलफल हुँदै

नेपाल । समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनय, आगामी केन्द्रीय समिति बैठक तयारी र विविध विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपति डीपी अर्यालले पाएका छन् । अघिल्लो बैठकले अर्याललाई कार्यवाहक तोकेको थियो । त्यसपछि पहिलोपटक बैठक बोलाइएको हो । ...