२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत आउँदै

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत आउँदै

अमेरिका । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार साँझ बेलायतको लण्डन आइपुग्दैछन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिका पूर्व महामन्त्री तथा विकास विज्ञ राजकुमार त्रिपाठीका अनुसार कोइरालाले १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने छन् । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आउन लागेका हुन् । उनले नेपाली दूतावास लण्डनमा आयोजित एक कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवाहरुलाई समेत सम्बोधन गर्ने छन् । यस भ्रमणको दौरान कोइरालाले बेलायतका प्रमुख राजनीतिक नेतृत्व र नेपाली समुदायसँग अन्तर...
सहकारी ठगी प्रकरणमा काँग्रेस नेता गुरुङसँग दोस्रो पटक बयान

सहकारी ठगी प्रकरणमा काँग्रेस नेता गुरुङसँग दोस्रो पटक बयान

नेपाल । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरी बयान कागज गराएर छाडेको छ। सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले उनलाई सीआइबीको कार्यालय लाजिम्पाटमा बोलाएर सोधपुछ तथा बयान कागज गरिएको थाहाखबरलाई जानकारी दिए । यसअघि कात्तिक २८ गते पनि सिआइबीले उनीसँग सोधपुछपछि बयान कागज गरेर छाडेको थियो । बैंक स्टेटमेन्टका विषयमा केन्द्रित रहेर सोधपुछ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ। ललितपुरको मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीमा उजुरी परेको थियो । ज्योति गुरुङ उनका पूर्वपत्नी हुन् ।...
नेपाल-चीन सीमाना तिब्बत केन्द्रविन्दु बनाएर ७ म्याग्निच्यूडको भूकम्प

नेपाल-चीन सीमाना तिब्बत केन्द्रविन्दु बनाएर ७ म्याग्निच्यूडको भूकम्प

नेपाल । मंगलबार बिहानै नेपालमा ठूलो भूकम्पको महाशुस गरिएको छ । चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको पर्छ । चिसो मौसम भएकाले काठमाडौंसहित देशभरीका अधिकांश मानिस सुतिरहेकै अवस्थामा भूकम्प गएको हो । भूकम्पको महशुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।...
नेपालको राजनीतिमा अनेक समस्या देखा परेः माधव नेपाल

नेपालको राजनीतिमा अनेक समस्या देखा परेः माधव नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिमा अनेक समस्या देखा परेको बताउनु भएको छ । आइतबार पार्टीको निर्वाचन आयोगको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । उहाँले वर्तमान अवस्थामा देखा परेका समस्या समाधान गर्न सकिने खाल भएको बताउनुभयो । पार्टीमा नेताको कमी नभएको तर, जनताको बीचमा जाने नेताको कमी रहेको बताउनु भयो।...
एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक परिवेशबारे अध्यक्ष ओलीको ब्रिफिङ

एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक परिवेशबारे अध्यक्ष ओलीको ब्रिफिङ

नेपाल । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरू भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिवेशबारे ब्रिफिङ गरेका छन् । यसैगरी राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गका छन् । एमाले केन्द्रीय प्रचार तथा प्रकाशिन बिभाग प्रमुख राजेन्द्र गौतमले दिनुभएको जानकारी अनुसार प्रतिवेदनसहित समसामयिक प्रस्तावमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय उपलब्ध गराइने भएको छ । राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषय समेटिएको छ । त्यस्तै आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार ...
पूर्वउपराष्ट्रपति ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किए, माओवादी बैठकमा सहभागी

पूर्वउपराष्ट्रपति ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किए, माओवादी बैठकमा सहभागी

नेपाल । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् । उनी केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन् । पुनसहित अघिल्लो लहरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र महासचिव देव गुरुङ छन् । उनी यसरी बैठकमा सहभागी भएसँगै पार्टी राजनीतिमा फेरि फर्किएका छन् ।...
रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन, संयोजकमा परियार

रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन, संयोजकमा परियार

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डा नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा तोसिमा कार्की, डा अच्युतम लामिछाने र मेघ आले छन् । उक्त कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् । ...
रवि लामिछानेबिरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

रवि लामिछानेबिरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

नेपाल । सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता भएको छ । काठमाडौंको कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी परिसर, काठमाण्डौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।...
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पनि सुरु

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पनि सुरु

नेपाल । आइतबारदेखि नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने छ । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ।...
नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेपाल । आइतबारदेखि नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ। दुई दिनभित्र बैठक सक्ने तयारी छ । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ। ...