२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्‍ बैठकको निर्णय

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्‍ बैठकको निर्णय

नेपाल । विपक्षी दलहरुले संसद अधिवेशन छिट्टै बोलाउन माग परिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ । बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो ।...
रवि लामिछाने बिरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दर्ता

रवि लामिछाने बिरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दर्ता

नेपाल । रास्वपा सभापति रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको फाइल रुजु गरेर दर्ता गरिएको हो । लामिछाने बिरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दता भएको हो । संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो । यसअघि कास्कीमा ६५ लाख ...
अन्ततः नेकपा एमालेमै फर्किने भए बामदेव !

अन्ततः नेकपा एमालेमै फर्किने भए बामदेव !

नेपाल । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका थिए । एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको कार्कीले बताए । ...
नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पदः सांसद पाण्डे

नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पदः सांसद पाण्डे

अष्ट्रेलिया । नेकपा (एस) का केन्द्रीय नेता तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पद रहेको बताएका छन् । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट ल्याइएको उनले टिप्पणी गरे । आफू पनि सहभागी भएर बनाइएको गैरआवासीय नेपालीसम्बन्धी कानुनमा राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने व्यवस्था स्पष्ट उल्लेख भएको उनले बताए । गलत बाटोबाट ल्याइएको अध्यादेश पारित हुनेमा उनले शंका व्यक्त गरे । शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली एकता मञ्चले आयोजनामा गरेको अन्तरक्रियामा सांसद पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गरे । उनले एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया नबन्ने बताए । “विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आआफ्ना विशेषता छन्,” उनले भने, “एकैपटक नेपाल ...
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जना पक्राउ

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जना पक्राउ

नेपाल । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गामा हातपात भएको थियो । पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ । ती व्यक्तिहरु नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको बताईएको छ ।...
छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास हुँदैछः नेपाल

छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास हुँदैछः नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छरिएर रहेका वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ। विचार मिल्ने पार्टीसँग एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गर्न सकिने उहाँले उल्लेख गर्नुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीको सातौँ पूर्ण बैठकको बिहीबार उद्घाटन गर्दै अध्यक्ष नेपालले सर्वहारा वर्गले विश्वास गर्ने कम्युनिष्ट नेताहरू निष्ठावान हुन नसकेकाले अहिलेको राजनीतिमा थुप्रै विकृति, विसङ्गति बढेको र जनता असन्तुष्ट भएको बताउनु भयो। राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले राजनीतिमा विश्वास गर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले देशको तीव्र आर्थिक विकासका लागि सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि बढ्दै गएको भ्रष्टाचार र दण्डहीनताको अन्...
माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालेले नस्विकार्ने !

माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालेले नस्विकार्ने !

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालेले नस्विकार्ने बताउनु भएको छ । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै पोखरेलले यस्तो बताउनु भएको हो । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि पर्नुभएको पोखरेलले स्पष्ट पार्नुभयो । नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले फुटाएर माधव नेपाल, झलनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उहाँले धारणा राख्नु भयो ।...
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने

नेपाल । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ ।’ त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उहाँले जानकारी दिनुभयो । ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उहाँले भन्नुभयो,‘अब त्यसलाई अघि बढाउने प्रतिवद्धता भएको छ ।’ समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराउनुभयो ।...
नेपाली काँग्रेसद्वारा मन्त्रीहरुका लागि ७ बुँदे निर्देशन जारी

नेपाली काँग्रेसद्वारा मन्त्रीहरुका लागि ७ बुँदे निर्देशन जारी

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन् । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा बिहीबार बिहान बसेको १२ जना मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकले मन्त्रीहरूका लागि सातबुँदे निर्देशन जारी गरेको हो । यस्तो छ ७ बुँदे निर्देशनः १० सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने । २० विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्ने । ३० आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने । ४० चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम...
काठमाडौंबाट पनि ६० लाख बुझाएर रवि लामिछाने थुनामुक्त

काठमाडौंबाट पनि ६० लाख बुझाएर रवि लामिछाने थुनामुक्त

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार साँझ थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी हिरासतबाट निस्किए । रविको ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पुरा गरेर साँझ ७ बजे रवि थुनामुक्त भए । यसअघि कास्की जिल्ला अदालतले मागेको ६५ लाख धरौटी बुझाएर उनी रिहा भएका थिए । रविमाथि रुपन्देही, चितवन र वीरगञ्जमा पनि सहकारी ठगी सम्बन्धी मुद्दा बाँकी नै छ ।...