२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

एमाले-काँग्रेस गठबन्धन सरकार २०८४ सम्मे रहन्छः प्रधानमन्त्री ओली

एमाले-काँग्रेस गठबन्धन सरकार २०८४ सम्मे रहन्छः प्रधानमन्त्री ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा एमाले र नेपाली काँग्रेससहितको यो सरकार २०८४ सम्मै रहने बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । ओलीले केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने स्पष्ट पारे ।...
रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार पुनः उपस्थित हुने

रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार पुनः उपस्थित हुने

नेपाल । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा शुक्रबार पनि जारी रह्यो । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् । शुक्रबार जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र शैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए । प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापासहितका वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए । जाहेरवालाका तर्फबाटआरसी गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरे । ...
निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीको सृजना गर्न सरकारले वातावरण सृजना गर्नुपर्छः थापा

निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीको सृजना गर्न सरकारले वातावरण सृजना गर्नुपर्छः थापा

नेपाल । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले धेरै कमाउने आशामा विदेशिने क्रम बढेकोले हरेक वर्ष ५ लाख युवालाई रोजगार दिन आवश्यक भएको बताउनु भयो । उहाँले अहिले मुलुकको मुख्य समस्या बेरोजगारी भएको बताउनुभएको छ । बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरमा प्रस्तावित आदर्श क्याम्पसको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे महामन्त्री थापाले जिविकोपार्जन गर्न नसक्दा युवाहरू विदेशिने क्रम बढेको बताउँदै व्यवहारिक शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो । बजारमा माग एउटा तर हाम्रो शिक्षा प्रणालीमा अर्कै विषय पठनपाठन भइरहेको बताउँदै उहाँले बजारको माग पूर्ति गर्ने खालको शैक्षिक प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । बेरोजगारीको समस्या समाधान हुने बित्तिकै मुलुक फरक गतिमा अगाडि बढ्ने बताउँदै उहाँले आवश्यक तलबमान सहित रोजगारी दिन सक्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले सरकारले सबैलाई रोजगारी दिन न...
नेपाली काँग्रेसको प्रदेश समन्वय विभागको सदस्यमा १० सदस्य मनोनीत

नेपाली काँग्रेसको प्रदेश समन्वय विभागको सदस्यमा १० सदस्य मनोनीत

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन् । मनोनयन हुनेमा कृष्णबहादुर केसी, सुमित्रा खनाल, विजय भुसाल, राधेश्याम पाठक, ब्रह्मप्रकाश रौनियार, मेघनाथ यादव, झनकराज तिमिल्सिना, भीमबहादुर शाही, जीतबहादुर लामा र सन्तोष कोइराला (परियार) छन् ।...
रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, बिहीबार थुनछेक बहस

नेपाल । सहकारी ठगी प्रकरणमा मुद्दा परेपछि बुधबार रुपन्देही जिल्ला अदालतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस बिहीबारमात्र हुने भएको छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको हो । लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कार्तिक २७ गते भैरहवा लगेर सरकारी वकिल कार्यालयमा बयान गराइएको थियो । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए प...
वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन हुँदैनः कोइराला

वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन हुँदैनः कोइराला

नेपाल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो,‘छ महिनाको अवधिमा कुनै सरकारले धेरै काम गर्न सक्दैन ।’ संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । उहाँले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताउनुभयो । यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने विश्वास...
कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच छलफल

कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच छलफल

भारत (नयाँदिल्ली) । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ । भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर ब्यवसाय गरिरहेका ब्यवसायीहरुको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या समाधानका बारेमा प्रदेश सभासद समेत रहेका नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ । पूर्वगृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुको उपचार, दुर्घटनामा परी घाईते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य बीमाको प्रक्रिया बारेमा राजदुत शर्मासंग छलफल गर्नुभएको थियो । भारतका लागि न...
बामदेव नेकपा एमालेमा प्रवेश गर्दै, २०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

बामदेव नेकपा एमालेमा प्रवेश गर्दै, २०८२ साल भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

नेपाल । नेकपा (एमाले) ले पार्टीको विधान अधिवेशन २०८२ साल भदौमा गर्ने निर्णय गरेको छ । मंगलबारको पार्टी सचिवालय बैठकले विसं २०८२ भदौ २०, २१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा विधान अधिवेशन गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस्तै बैठकले वामदेव गौतमसँग सहकार्य गर्ने र त्यसका लागि ढोका खुला गरेको पनि उनले जानकारी दिए । पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको उनले बताए ।...
रविलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखरामा निवेदन

रविलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखरामा निवेदन

नेपाल । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका रवि लामिछानेसहित ७ जनालाई थुनामै राख्नुपर्ने माग सहित उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीको धरौटीमा छोड्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएको हो । जिल्ला अदालतको आदेश नमिलेको र सातै जनालाई थुनामा पठाउनुपर्ने भन्दै निवेदन दिइएको हो । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलाशले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५–५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।...
नेपालका राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाइ ज्ञापन

नेपालका राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाइ ज्ञापन

नेपाल । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने उल्लेख गर्नु भएको छ ।...