२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने तयारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने तयारी

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने तयारी गरेकी छिन् । उनले आफू राष्ट्रिय राजनीतिमा अझै सक्रिय रहेको भन्दै सक्रिय राजनीतिमा फर्किए नेकपा एमालेमै फर्कने बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले विराटनगरमा सोमवार पत्रकारसँगको भेटघाट गर्दै आफूले शिक्षा, स्वास्थ्य, आर्थिक समानता, जलवायु र वातावरणलगायत विषयमा छलफल गरिरहेको र यी सबै विषय राजनीतिभन्दा बाहिर नरहेको बताइन् । सोमवार दिउँसो विराटनगर आइपुगेलगतै एमालेका विभिन्न तहका नेताहरूसँग बिग होटलमा उनले भेटघाट गरेकी थिइन् भने उनले एमालेका अगुवा महिला, युवा र विद्यार्थी नेताहरूसँग पनि भेटघाट गरेकी थिइन् । उनले दलीय राजनीतिमा आएको खण्डमा नेकपा एमाले नै आफ्नो रोजाइमा पर्नसक्ने इंगितसमेत गरिन् । ...
काम गर्नका लागि छोटै अवधि पनि पर्याप्तः गगन थापा

काम गर्नका लागि छोटै अवधि पनि पर्याप्तः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै उनले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बनाएका छन् । कांग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने उनको भनाई थियो । आइतबार काठमाण्डौंमा भएको मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । साथै महामन्त्री थापाले एमालेले पनि काम गर्ने समय पाइएन भन्न नमिल्ने पनि बताए ।...
जन्मनासाथ शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने मन्त्री पौडेलको निर्णय

जन्मनासाथ शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने मन्त्री पौडेलको निर्णय

नेपाल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ स्वीकृत गरेका छन् । समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ मन्त्री पौडेलले देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरुको श्रवणशक्ति परीक्षणसम्बन्धी निर्देशिका स्वीकृत गरेको सचिवालयले जनाएको छ । ‘बालबालिकाको जन्मजात सुन्न नसक्ने अपांगता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरुको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हौं,’ मन्त्री पौडेलले भने । अब यस निर्देशिकाअनुसार महिलाको सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्त...
हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा एमाले संसदीय दलको बैठक आह्वान

हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा एमाले संसदीय दलको बैठक आह्वान

नेपाल । नेकपा एमाले संसदीय दलको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएकाले त्यसअघि दलको तर्फबाट सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो । संसद भवनको ल्होत्से हलमा अपराह्न १ बजे बोलाइएको बैठकमा दुवै सदनका सांसदहरु सहभागी हुने छन् । संसद बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने र विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे सांसदहरूलाई जानकारी गराइने छ ।...
संसद् अधिवेशन र पार्टी गतिविधिबारे छलफल गर्न रास्वपा सचिवालयको बैठक बस्दै

संसद् अधिवेशन र पार्टी गतिविधिबारे छलफल गर्न रास्वपा सचिवालयको बैठक बस्दै

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो । कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । यस्तै सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा पनि छलफल हुने रावलले जानकारी दिइन् ।...
एक करोड धरौटी बुझाएर रुपन्देहीबाट रिहा भए रवि लामिछाने

एक करोड धरौटी बुझाएर रुपन्देहीबाट रिहा भए रवि लामिछाने

नेपाल । सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । अदालतको आदेश अनुसार १ करोडको बैंक ग्यारेन्टी दिएर रवि आइतबार नै रिहा भएका छन् । थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ । त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ । यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतले रविलाई ६५ लाख र काठमाडौ...
माघ ३० गते नेकपा एस केन्द्रीय कमिटी बैठक बस्ने

माघ ३० गते नेकपा एस केन्द्रीय कमिटी बैठक बस्ने

नेपाल । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक माघ ३० गतेदेखि बस्ने भएको छ । पार्टी महासचिव घनश्याम भुसालले एक सूचना जारी गर्दै पार्टी केन्द्रीय कमिटी बैठक माघ ३०, फागुन १ र २ गते बस्ने उल्लेख गरेका छन् । त्यसअघि पार्टी स्थायी कमिटी र पोलिटब्यूरो बैठक माघ २८ र २९ गते बस्नेछ । साथै महासचिव भुसालले स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकका निम्ति तय गरिएको समय, मितिमा पार्टी पंक्तिलाई कार्यक्रम नराख्न सूचित गर्नुभएको छ ।...
देउवाद्वारा संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन

देउवाद्वारा संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकमा मन्त्रीहरूले सरकारका काम, कारबाहीबारे जानकारी गराएका थिए । वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन छलफल भएको थियो । ...
२०८४ मा हुने निर्वाचनमा माओवादीले कसैको बैशाखी टेक्दैनः प्रचण्ड

२०८४ मा हुने निर्वाचनमा माओवादीले कसैको बैशाखी टेक्दैनः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा हुने निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् । प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिको बलमा माओवादी चुनाव लड्ने बताए । कांग्रेस, एमालेको बीचमा सत्ता समीकरण अप्राकृतिक भएको उनले जिकिर गरे । उनले माओवादी प्रतिपक्षमा पुग्दा जनलहर छाएको दावी गरे ।...
कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै

नेपाल । नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । संसदको हिउँदे माघ १८ गतेबाट सुरु हुन लागेको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो । हुँदैछ । संसद भवन बानेश्वरको ल्होत्से हलमा माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामको समीक्षा, संसदमा पार्टीका सांसदहरुको प्रभावकारी उपस्थिति, समितिमा रहेका विधेयकलगायतको विषयमा छलफल हुने जनाएको छ । ...