२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

रास्वपा नेता गणेश पराजुली अमेरिकामा संगठन विस्तार तथा अन्तरक्रियामा सहभागी

रास्वपा नेता गणेश पराजुली अमेरिकामा संगठन विस्तार तथा अन्तरक्रियामा सहभागी

अमेरिका । काठमाण्डौ क्षेत्र नं ७ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा रास्वपाका नेता गणेश पराजुली प्रवासी नेपालीहरूबीच संगठन विस्तार तथा अन्तरक्रिया गर्ने शिलशिलामा अमेरिकाका विभिन्न शहरहरू भ्रमण गरी फर्किनु भएको छ । सांसद पराजुली प्रवासी नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्न तथा उनीहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरू संकलन गर्न पौष २६ गते अमेरिका प्रस्थान गरेका थिए । भ्रमण अन्तर्गत उहाँले टेक्सास, मेरिल्याण्ड, डल्लास, लस एन्जलस, फ्लोरिडा, न्यू जर्सी, न्यू योर्क लगायतका प्रमुख शहरहरूमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागिता जनाउनु भयो । उक्त भ्रमणको संयोजन रास्वपा अमेरिका विभागका प्रमुख रमेश भट्ट तथा उपप्रमुख दीपक सुनुवारले गर्नु भएको थियो । प्रवासमा रहेका नेपालीहरूसँगको अन्तरक्रियामा उनीहरूले अबको नेपालको भविष्य नै राष्ट्रिय स्वतन्त्र पार्टी रहेको भन्दै पार्टील...
सरकारले ल्याएका अध्यादेशहरू बिरुद्ध माओवादीले संसदबाट प्रतिवाद गर्ने

सरकारले ल्याएका अध्यादेशहरू बिरुद्ध माओवादीले संसदबाट प्रतिवाद गर्ने

नेपाल । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो । संसदीय समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने माओवादीले निर्णय गरेको छ ।...
अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रचण्डले दिए बधाई

अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रचण्डले दिए बधाई

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन् । खुमलटार बोलाएर अध्यक्षमा विजय प्रकाश सापकोटासहितको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन् । शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा र महासचिवमा रोशन थापामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।  ...
रास्वपाले सरकारले ल्याएको अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने

रास्वपाले सरकारले ल्याएको अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय हो । रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने निर्णय भएको छ । ...
नेपालमा शुक्रबारदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै

नेपालमा शुक्रबारदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै

नेपाल । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अध...
समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा आमसभा गर्ने

समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा आमसभा गर्ने

नेपाल । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौँमा बृहत् आमसभा गर्ने निर्णय गरेको छ । नेकपा (एस) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले काठमाडौँमा बृहत् आमसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताउनु भएको छ । बैठकपछि प्रवक्ता प्रकाण्ड सीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा मोर्चाले सातै प्रदेशमा विचार सभाको आयोजना गर्ने जानकारी दिनुभयो । बैठकले देशका सात वटै प्रदेशमा विचार सभा गर्ने, बाँकी रहेका जिल्लाहरुमा पनि मोर्चा गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । चैत पहिलो साता मधेश प्रदेशमा हुने सभाको तयारी नेसपालाई गर्न दिने निर्णय भएको पनि नेता विश्वकर्माले बताउनुभयो । उहाँले समाजवादी मोर्चाले प्रकाशन गर्ने भनिएको वुलेटिन आउँदो फागुनभित्र प्रकाशित गर्नेसमेत जानकारी दिनुभयो।...
विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै

विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै

नेपाल । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी बुधबार सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा...
कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाल । नेपाली कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा उनीहरूलाई मनोनयन गरेका हुन् । मनोनीत हुनेहरूमा कृष्णवर्त सिंह– बारा, सहसराम यादव– कपिलवस्तु, प्रमोदकुमार झा– सप्तरी, मोहनलाल कलवार– नवलपुर र श्यामदेव मेहता– सुनसरी रहेका छन् । यसैगरी अरुणकुमार सिंह– सिरहा, रामकृपाल यादव– रौतहट, दिलमाया अधिकारी– काठमाडौं, लालबहादुर राउत राय– कञ्चनपुर र उमेश चौधरी– सर्लाही रहेका छन् ।...
सरकारका कामलाई अझ प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्ने सहमति

सरकारका कामलाई अझ प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्ने सहमति

नेपाल । सोमबार सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ शीर्ष नेताहरूको बैठक बसेको हो । बैठकमा सरकारका कामलाई अझ प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्ने सहमति भएको छ । संसदको काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ । बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले दिनुभएको जानकारीअनुसार संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एक ठाउँमा उभिने सहमति भएको छ । त्यस्तै सरकारका काम प्रति समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष बैठकले निकालेको उहाँले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर...
जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध रविद्वारा उच्चमा पुनरावेदन

जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध रविद्वारा उच्चमा पुनरावेदन

नेपाल । रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीले गरेको थुनछेक आदेशविरुद्ध उच्च अदालत गुहारेका छन् । आफूलाई ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्लाको आदेश त्रुटिपूर्ण र बेरितको रहेकाले बदर गर्नुपर्ने उनको माग छ । सोमबार ७ पेज लामो पुनरावेदनमा रविले आफू सहकारीसँग असम्वन्धित व्यक्ति भएको र धरातलीय यथार्थबिना प्रपञ्च रचेर अभियोग लगाइएको गुनासो गरेका छन् । आफूलाई मुद्दा चलाउनुअघि सोही अदालतमा दायर भएको अभियोगपत्रमा आफ्नो नाम समावेश नरहेको रविले स्मरण गराएका छन् । पूरक अभियोजन पनि कार्यविधि अनुसार नभएको उनको भनाइ छ । गोर्खा मिडियासँग गरेको सम्झौता अनुसार आफ्नो नाममा कायम हुने स्वेट सेयरको रकम कम्पनीमा दाखिला गराउने जिम्मेवारी जीवी राईको हुने र सो सेयर आफूले कम्पनी छोड्दा अन्यत्र विक्री गर्न नपाउने शर्त रहेकाले आफ्नो खातामा ७५ लाख रूपैयाँ दाखिला भएको प्रष्ट पारिएको छ । उक्त रकम सूर्यदर्श...