२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर

रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको छ । सहकारी रकम हिनामिनासँग जोडेर उनीमाथि गरिएको यो चौंथो अभियोजन हो । यसअघि कास्की, काठमाडौं र रुपन्देहीका अदालतमा मुद्दा विचाराधीन छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिनामिना प्रकरणमा रविलाई आरोपित गरिएको छ । यो सहकारीको विषयमा गत असोजमा नै १७ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दर्ता भइसकेको थियो । अहिले रविसहित १५ जनामाथि पुरक अभियोजन गरिएको हो । ...
रवि लामिछानेबिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रवि लामिछानेबिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

नेपाल । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा सोमबारनै मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका कारण मंगलबारमात्रै मुद्दा दर्ता हुन लागेको हो । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ । यसअघि कास्की, काठमाडौं र रुपन्देहीबाट रवि मोटो रकम धरौटी बुझाएर रिहा भएका छन् ।...
सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको माधव नेपालको आरोप

सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको माधव नेपालको आरोप

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नामको पछि दौडिरहेको बताउनु भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी( संघीय सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष नेपालले वर्तमान सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको बताउनु भयो ।...
माओवादीले तोक्यो सात भौगोलिक, विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी

माओवादीले तोक्यो सात भौगोलिक, विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी

नेपाल । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा सोमबार बसेको पदाधिकारी बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेताहरूको कार्यविभाजन गरेको छ । पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको हो । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क) मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ ।...
सङ्गठन निर्माणमा क्रियाशील बन्न सबैलाई काँग्रेस सभापति देउवाको आग्रह

सङ्गठन निर्माणमा क्रियाशील बन्न सबैलाई काँग्रेस सभापति देउवाको आग्रह

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्गठन निर्माणमा अहिलेदेखि नै क्रियाशील बन्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरे । कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका हुन् । सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । ...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा विवाद नगर्न माधव नेपालको अनुरोध

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा विवाद नगर्न माधव नेपालको अनुरोध

नेपाल । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको रुटमा अवरोध खडा नगरी निर्माण कार्यमा सहयोग गर्न भारत सरकारसंग अनुरोघ गरेका छन । नेपाल र भारतका पत्रकारको संस्था मिडिया फर बोर्डर हार्मोनीले रौतहट सदरमुकाम गौरमा शनिवार आयोजना गरेको नेपाल भारत मैत्री सम्वादमा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त आग्रह गर्दै पुर्व प्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नयाा रुट बनाउनु पर्ने हुन्छ भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पनि नेपाल भारतका जनतालाई आवागमन समेत सहज हुने भएकोले एयर रुटको कुरा लिएर भारतलाई झमेला खडा नगर्न अनुरोध गरे । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल वनाउन आफु प्रधानमन्त्री भएको बेला २००९ मा निर्णय गरेको उनले बताए । कुनै कुरा गफ गरेर हुँदैन काम गरे मात्र सम्भव हुन...
न्यायाधीशलाई झोले भन्ने सांसद प्रभु शाहबिरुद्ध कारण देखाउ आदेश

न्यायाधीशलाई झोले भन्ने सांसद प्रभु शाहबिरुद्ध कारण देखाउ आदेश

नेपाल । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध आइतबार जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले सांसद साह लगायतका विपक्षीका नाममा कारण देखाउ आदेश गरेको हो । सांसद साहले केही समयअघि फेसबुकमा न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस पोष्ट गरेपछि अदालतप्रति अपमान भएको भन्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको आइतबार सुनवाइ भएको हो । ...
२०८४ अघि नै महाधिवेशन, कांग्रेसको नयाँ नेतृत्वको अगुवाइमा आम निर्वाचनः गगन थापा

२०८४ अघि नै महाधिवेशन, कांग्रेसको नयाँ नेतृत्वको अगुवाइमा आम निर्वाचनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को आम निर्वाचन पार्टीको नयाँ नेतृत्वको अगुवाइमा गर्ने बताएका छन् । पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै ०८४ को आम निर्वाचन कांग्रेसको नयाँ नेतृत्वको अगुवाइमा हुने दाबी गरेका हुन् । पार्टीका केही अग्रज नेताहरूले ०८४ को आमचुनावपछि महाधिवेशन गरे पनि हुने बताएको सन्दर्भमा महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा पार्टी ०८४ को चुनावमा जाने स्पष्ट पारेका हुन् । कांग्रेसको १४औँ महाधिवेशन ०७८ मंसिरमा काठमाडौँमा भएको थियो । सो अनुसार नियमित महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्नेछ । तर विधानले नै विशेष परिस्थिति भन्दै एक वर्ष थप्ने सुविधा सभापतिलाई दिएको छ । सो सुविधालाईसमेत लत्याउने गरी अग्रज नेताहरुले भ्रम छर्दै हिँडेपछि महामन्त्री थापाले स्पष्ट पारेका हुन् । समयमै महाधिवेशन गर्नका लागि क...
राजनीतिक दलका नेताहरूलाई देशको स्थितिबारे गम्भीर छलफल गर्न पूर्वराष्ट्रपतिको सुझाव

राजनीतिक दलका नेताहरूलाई देशको स्थितिबारे गम्भीर छलफल गर्न पूर्वराष्ट्रपतिको सुझाव

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको र सोही सोच समस्या बन्न लागेको बताउनुभएको छ। धरानमा नेकपा एमालेका नेताहरूसँग शुक्रबार भएको भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने र कुर्न सक्ने क्षमता कम भएको बताउनुभयो । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले समयमै सोच्नु पर्नेमा पनि भण्डारीले जोड दिनुभयो । राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उहाँले अपिल गर्नुभयो । ...
भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन

भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड रहेका छन् ।