२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रः शंकर पोखरेल

नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रः शंकर पोखरेल

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल हरेक हिसाबले पर्यटनको लागि सम्भावनाको क्षेत्रको रूपमा रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले पर्यटन क्षेत्र विस्तारको लागि होटेल क्षेत्रको विकास हुनु पर्ने बताउनुभयो । नेपालको समग्र अर्थतन्त्र नै औपचारिक भन्दा अनौपचारिक भएको पोखरेलले बताउनुभयो । यसको प्रभाव देशको समग्र विकासमा परेको उहाँको धारणा छ । नेपालमा अनौपचारिक अर्थतन्त्र बलियो भएको बताउँदै उहाँले त्यो देशको विकासका लागि घातक भएको पोखरेलले बताउनुभयो । अहिले नेपालको अर्थतन्त्रको आधार उत्पादन र उद्यम भन्दा पनि वैदेशिक रोजगारी भएको उहाँले बताउनुभयो । त्यो दिगो नभएर अस्थायी अर्थतन्त्र भएको उहाँको धारणा छ ।...
नेकपा एमालको सचिवालय बैठक बस्दै

नेकपा एमालको सचिवालय बैठक बस्दै

काठमाडौं । सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्न आइतबार नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।...
सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी होः गगन थापा

सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी होः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् । आफूले प्रश्न गरिरहँदा सरकारको कमिकमजोरीबाट आफू पनि भाग्न नमिल्ने उनको भनाइ थियो ।...
असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

नेपाल । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै सदनमा अध्यादेश पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रवार साँझ बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग छलफल गर्ने र सम्भवतः २१ गते नै अध्यादेश पेश गर्ने जानकारी दिए । दुवै सदन फागुन २१ मा बस्दै छ । फागुन २१ मा पेश नभए २२ मा पेश हुने उनले बताए । बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला तथा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलगायत सहभागी थिए ।...
कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको छः गगन

कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको छः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिकको समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले पूँजीवादी अर्थव्यवस्थाबाट नै मुलुक समृद्ध हुने स्पष्ट पारे । नेपाली कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको भन्दै महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्न सक्यो भने मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्ने बताए । अर्थतन्त्र बलियो नभएसम्म सरकारले कुनै पनि विकास निर्माणका कार्यलाई गति दिन नसक्ने भनाइ उनको छ । ...
प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, अध्यादेशबारे छलफल

प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, अध्यादेशबारे छलफल

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । सरकारले ल्याएका अध्यादेश संसद्‌बाट स्वीकृतिका लागि पटक–पटक मिति तोकिए पनि एकपटक कार्यसूचीमा राखेर फिर्ता गर्नेबाहेक अरु कुनै प्रगति भएको छैन । मूलतः अध्यादेशलाई के गर्ने भन्ने बारेमा बैठक केन्द्रित हुने बुझिएको छ । ...
नेकपा एसले बनायो आन्दोलन परिचालन तयारी कार्यदल

नेकपा एसले बनायो आन्दोलन परिचालन तयारी कार्यदल

नेपाल । नेकपा (एस) को सचिवालय बैठक सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकले आन्दोलनको विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको छ। कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहनु हुनेछ । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्ताबेज, सङ्गठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उपमहासचिव भट्टराईको भनाई छ । ...
३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको कोइरालाको दाबी

३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको कोइरालाको दाबी

नेपाल । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलायमान पार्टी भएको दाबी गरेका छन् । स्व. नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन् । देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाइल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए । यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भए पनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिए । ...
कुलमानलाई फेरि सोधियो २४ घण्टे स्पष्टीकरण

कुलमानलाई फेरि सोधियो २४ घण्टे स्पष्टीकरण

नेपाल । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग दोस्रो पटक स्पष्टीकरण सोधेको छ । यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री दीपक खड्काले पुनः २४ घण्टे स्पष्टीकरण सोध्नु भएको उहाँको सचिवालयले जनाएको छ । यसअघि खड्काले गत पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्न पुनः निर्देशन दिइएको छ । सचिवालयका अनुसार प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिन भनिएको छ । घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधिएको हो । चित्त बुझ्दो स्पष्टीकरण नदिए सरकारले घिसिङलाई बर्खास्त गर्न सक्ने छ ।...
तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन पुनको चुनौती

तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन पुनको चुनौती

नेपाल । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए । जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए ।...