१९ फाल्गुन २०८२, मंगलवार

राजनीति/समाज

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

नेपाल । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ शनिबार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ । सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, म...
सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै नेपाली कांग्रेस बलियो हुन्छः देउवा

सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै नेपाली कांग्रेस बलियो हुन्छः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले प्रजातन्त्र स्थापना र पुनः स्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताए । सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुने जिकिर गरे । नेपाली कांग्रेस बलियो पार्टी भए मात्र...
नेपाल बार एशोसिएशनको अध्यक्षमा पाँचजनाको उम्मेदवारी

नेपाल बार एशोसिएशनको अध्यक्षमा पाँचजनाको उम्मेदवारी

नेपाल । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशीष पौडेलले उम्मेदवारी दिएका छन् । आगामी चैत २३ गते २५ नयाँकार्यसमितिका लागि निर्वाचन हुँदैछ । महासचिवमा भने वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ । ...
राष्ट्रियसभाको बैठकबाट पाँचवटै अध्यादेश स्वीकृत

राष्ट्रियसभाको बैठकबाट पाँचवटै अध्यादेश स्वीकृत

नेपाल । राष्ट्रियसभाको बिहीबारको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ। प्रतिनिधिसभाबाट बुधवार पारित भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २३ गते शुक्रवार दिउँसो १ः१५ बजे बस्दैछ ।...
जर्मनीको बर्लिनमा नेपालका पर्यटनमन्त्रीले पाए अवार्ड

जर्मनीको बर्लिनमा नेपालका पर्यटनमन्त्रीले पाए अवार्ड

अमेरिका । जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट २०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट टुरिजम् मिनिस्टर अफ द एयर अवार्ड प्रदान गरिएको हो । सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदैआएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ ।...
मानव अधिकार एलायन्सको अध्यक्षमा विदुर सुवेदी चयन

मानव अधिकार एलायन्सको अध्यक्षमा विदुर सुवेदी चयन

नेपाल । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा मञ्जु गुरुङ र नहिम अन्सारी निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा तिलोत्तम पौडेल र उपमहासचिवमा नरेन्द्र डङ्गोल निर्वाचित हुनुभएको छ । सचिवहरू मधुसूदन सापकोटा, प्रदीपकुमार लामिछाने, रोशना खडका र पिवन्त न्यौपाने निर्वाचित हुनुभएको छ । महाधिवेशनले ६५ सदस्सीय केन्द्रीय समिति चयन गरेको हो । यसैगरी लेखा समिति संयोजकमा रामशरण पौडेल निर्वाचित हुनुभएको छ । लेखा समिति चार सदस्यीय रहेको नवनिर्वाचित पदाधिकारीले बताउनुभयो ।...
सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाकः खनाल

सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाकः खनाल

नेपाल । नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताउनु भएको छ । झापा विद्रोहका क्रममा सुशानीमा ज्यान गुमाएका शहीदहरूप्रति बुधबार एक विज्ञप्ति जारी गरेर उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई राजतन्त्र र पञ्चायती जल्लादहरूले सुखानीको जंगल हुँदै इलामको सीमानामा लगेर अत्यन्त हिंस्रक ढङ्गले, बर्बरतापूर्वक र विवेकहिन ढङ्गले हत्या गरेको उनले स्मरण गर्नुभएको छ । खनालले विज्ञप्तिमा भनिएको छ, ‘आज कै दिन सुखानीको जंगलमा पञ्चायती जल्लादहरुले हाम्रा प्रिय नेताहरूको दर्दनाक ढङ्गले हत्याकाण्ड रचेको थियो। राजतन्त्रको ठाडो आदेशमा पञ्चायती जल्लादहरुले गरेको त्यो अत्यन्त पाशविक हत्या थियो। त्यो एउटा अमानवीय, एउटा क्रुर र एउटा विवेकहिन हत्या थियो। राजतन्त्र...
कोलोराडो निवासी नेपाली समुदायले मार्च १५ मा नेपाली घरमा सामुहिक रुपमा होली खेल्ने

कोलोराडो निवासी नेपाली समुदायले मार्च १५ मा नेपाली घरमा सामुहिक रुपमा होली खेल्ने

-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपाली समुदायले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमीलाप, एक्यबद्ता, र सद्भाब अभिबृद्धि गर्दै भावी पुस्तालाई संस्कृती सीकाउने उद्धेश्यले फागु पुर्णिमाको अवसरमा होली खेल्ने कार्यक्रम आयोजना गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च १५ तारिक शनिबारका दिन दिउँसो १ बजे देखी ४ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा होली खेल्ने कार्यक्रम रहेको अध्यक्ष बसन्त लम्सालले बताएका छन् । कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजिवी, ब्यवसायी, पत्रकार तथा सर्वसाधारण नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदीबहिनी तथा नेपाल र नेपालीको संस्कृतीप्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई स-परिवार कार्यक्रममा उपस्थित भई होली खेल्ने कार्यक्रममा सहभागी भईदिनुहुन संस्थाका उपाध्यक्ष गंगा चौलागाइले अनुरोध गरेका छन् । एक आ...
जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

नेपाल । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । ३ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज जसपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । जसपाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित ५ वटा अध्यादेशमा सर्मथन गर्ने भए पनि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ को भने विरोध गर्दै आएको छ । यसैगरी जसपाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ ...
८५ वर्षका विजुक्छें नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः चयन

८५ वर्षका विजुक्छें नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः चयन

नेपाल । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् । महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतिले चयन गरेको हो । पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक विजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको हो । ८५ वर्षका विजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् ।...