राजावादीहरुको गतिविधिको जिम्मा वर्तमान सरकारले लिनुपर्छः प्रचण्ड
नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुको प्रदर्शनबाट नडराउने बताएका छन् ।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राजावादीहरुको प्रदर्शनले डराउनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरे ।
प्रचण्डले राजावादीहरुको गतिविधिको जिम्मा सरकारले लिनुपर्ने बताउदै जनतामाझ सरकारप्रति निकै ठूलो आक्रोश रहेको प्रतिक्रिया दिए । साथै उनले राजावादीहरुको गतिबिधिविरुद्ध सडकमा उत्रिने बारेमा आफुहरु छलफलमा रहेको समेत बताए ।...









