२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटीमा पस्न पाउँछन !’

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटीमा पस्न पाउँछन !’

नेपाल । नेकपा (एकीकृत समाजवादी( ले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौँलाई उतार्ने सहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो । राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो। उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गर्नुभयो।...
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मङ्गलबार हुँदै

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मङ्गलबार हुँदै

नेपाल । विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो । हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने यस्तो निर्वाचन आन्तरिक विवादका कारण केही क्याम्पसमा भने १६ वर्षपछि मात्रै हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । त्यसअघि भने २०६५ सालमा मात्रै निर्वाचन भएको थियो । पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भने दुई वर्षअघि पनि निर्वाचन हुन सकेको थिएन । त्यहाँ २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेको छ । यस पटक पनि विद्यार्थी सङ्गठनकै विवादका कारण त्रिविका ६३ वटा आङ्गिकमध्ये केहीमा भने ५ गते निर्वाचन नहुने भएको छ । निर्वाचन हुन नसकेका क्याम्पसमध्ये ...
नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त

नेपाल । नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पहिलो वरीयतामा रहनुभएका एआइजी थापालाई नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । थापापछि दोस्रो र तेस्रो वरीयतामा क्रमशः एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ हुनुहुन्छ । यता सोमबारनै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कुँवरलाई शान्ति, सुरक्षा र अपराध अनुसन्धानमा पुर्याएको योगदानको प्रशंसा गर्दै बिदाइ गर्नुभयो । ...
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा वाग्ले नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा वाग्ले नियुक्त

नेपाल । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट सोमबार डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम नियुक्त गर्नुभएको हो । उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो । काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मनुुभएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार हुनुहुन्थ्यो ।...
चैत ७ गतेदेखि नेपालमा एसइई परीक्षा हुँदै, सम्पूर्ण तयारी पूरा

चैत ७ गतेदेखि नेपालमा एसइई परीक्षा हुँदै, सम्पूर्ण तयारी पूरा

नेपाल । नेपालमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।” कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा ए...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।...
कुँवरको कार्यकाल सकियो, को होला नयाँ महानिरीक्षक ?

कुँवरको कार्यकाल सकियो, को होला नयाँ महानिरीक्षक ?

नेपाल । सोमबारदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन् । कुँवर अवकाशमा जान लागेसँगै एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ नयाँ महानिरीक्षकको प्रतिस्पर्धामा छन् । प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लोगका हुन् । त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन् । सरकारले सोमबारनै बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ ।...
जनताको ढुकुटीबाट कसैलाई पनि जीवनभर सेवा सुविधा दिनु हुन्नः गगन थापा

जनताको ढुकुटीबाट कसैलाई पनि जीवनभर सेवा सुविधा दिनु हुन्नः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानूनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिबार पाँचथरको प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउँदै यस्तो अनुत्पादक खर्च रोक्ने कानून बनाउनुपर्ने बताएका हुन् । स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानून ल्याएका महामन्त्री थापाले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुन ल्याउने तयारीको विरोध गरेका हुन् ।...
समाजवादी मोर्चा सरकारमा जाने टेको होइनः प्रचण्ड

समाजवादी मोर्चा सरकारमा जाने टेको होइनः प्रचण्ड

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन् । शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डको लागि समाजवादी मोर्चा टेको बनाइयो भन्नेकुरा सही नभएको बताए । उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्ने कुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको बताए ।...
लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान हुँदैनः माधव नेपाल

लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान हुँदैनः माधव नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताउनु भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताउनुभयो। जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने विचार व्यक्त गर्नुभयो ।...