२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

रवि लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगे

रवि लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगे

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको उच्च अदालत पाटनको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । उनका अनुसार निवेदनमा पहिलो सुनुवाइ गर्नका लागि सोमबारलाई पेशी तोकिएको छ । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन् । सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएक...
स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गरौंः गगन

स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गरौंः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा शुक्रबार आयोजित कांग्रेस नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताए । नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताए । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिप...
०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा छैनः प्रचण्ड

०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा छैनः प्रचण्ड

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्को भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष दाहालले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राख्नुभयो ।...
पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी

पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी

नेपाल । काठमाडौंस्थित पद्मकन्या क्याम्पस (पीके कलेज) को स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ । नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो । उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन् । पार्टी महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन् । उनी हाल स्ववियु सचिव थिइन् । यस्तै सचिव सन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् । यस्तै सदस्यहरु उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४, र यानसु कटवलाले ६७२ मतका साथ विजय हासिल गरेका छन् । ...
गिरिजाप्रसादको १५ औँ स्मृति दिवसः देशमा सुशासन नरहेको शेखरद्वारा स्वीकार

गिरिजाप्रसादको १५ औँ स्मृति दिवसः देशमा सुशासन नरहेको शेखरद्वारा स्वीकार

नेपाल । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए । सांसद कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको भएको बताए । नेपाल अप्ठ्यारोमा परेको बताए ।...
विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन टर्कीका राष्ट्रपतिलाई ओलीको आग्रह

विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन टर्कीका राष्ट्रपतिलाई ओलीको आग्रह

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग बिहीबार टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गरेका हुन । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुरानकारी गरेका थिए । आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका ह...
अब एक्लै चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गयोः प्रचण्ड

अब एक्लै चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गयोः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताएका हुन । गत मंसिरको उपनिर्वाचन हुदैँ भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने बिरोधीहरुको भाष्य खारेज भएको बताए ।...
भ्रष्टाचार, वित्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा

भ्रष्टाचार, वित्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा

नेपाल । नेकपा (बहुमत) को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वित्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम चाल्नु पर्नेमा उल्टै संरक्षण गरेको आरोप लगाए । लिम्बुले त्यसतर्फ कसैले पनि ध्यान नदिएको बताउँदै भने,“केहि दिनमै दस्ता भ्रष्ट तथा दलाहरुविरुद्ध खनिने छ, जसको सुरुवात हामीले गर्नेछौं ।” “भ्रष्टाचार वीत्तीय शोषण मानव बेचबिखन विरोधी दस्ता घोषणा मात्रै हैन निकट भविष्यमा तपाईहरुले त्यसको परिणाम देख्न पाउनु हुनेछ ।” लिम्बुले थपे । जिल्ला सेक्रेटरी दर्शन कुमार नेपालीले देशको राजधानी काठमाडौंमै सबैखाले बेथितिको...
गणतन्त्रको पक्षमा नेकपा एमालले चैत ११ गते देशैभरि सबै वडामा प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा नेकपा एमालले चैत ११ गते देशैभरि सबै वडामा प्रदर्शन गर्ने

नेपाल । सत्तारुढ दल नेकपा (एमाले) ले लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो । यस्ता छन् कार्यक्रमः १। प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने । २। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने । ३। चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण...
चैत १५ गते गर्न जनप्रदर्शनको तयारीमा नेकपा एसले मोर्चा संगठनको बैठक गर्यो

चैत १५ गते गर्न जनप्रदर्शनको तयारीमा नेकपा एसले मोर्चा संगठनको बैठक गर्यो

नेपाल । नेकपा (एस) मोर्चा संगठनको बैठक सम्पन्न भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेको विशेष उपस्थितिमा बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सम्पन्न भएको हो । बैठकमा पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, उपाध्यक्ष जयन्ती राई, सचिव रावित्रा भुसाल, गणेश बिकको उपस्थिति रहेको थियो । त्यस्तै मोर्चा संगठनका उपप्रमुख बलराम बास्कोटा, आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकले समाजवादी मोर्चाले यहि चैत १५ गते गर्न लागेको वृहत् जनप्रदर्शन तथा आमसभामा व्यापक सहभागिताका निम्ति तयारी गर्ने निर्णय गरेको छ ।...