२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

बिम्स्टेकको सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

बिम्स्टेकको सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

नेपाल । बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको भ्रमणमा जाने भएका छन् । चैत १९ देखि २३ सम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागि हुने प्रतिनिधि मण्डलको भ्रमण सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । बैठकले आगामी वैशाख २ देखि ४ सम्म युएईको अबुधाबीमा सञ्चालन हुने अबुधाबी ग्लोबल हेल्थ विक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सहभागि हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ...
कुलमान हटाउने निर्णयको गगन र प्रचण्डद्वारा बिरोध

कुलमान हटाउने निर्णयको गगन र प्रचण्डद्वारा बिरोध

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने कार्यप्रति असन्तुष्टि जनाएका छन् । थापाले आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै सरकारको निर्णयलाई उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन् । महामन्त्री थापाले लेखेका छन्, 'आमनागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’ थापाले भनेका छन्, ‘हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रील...
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

नेपाल । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । नेकपा एमाले नजिकको पत्रकार संगठन चौतारीको सोमबार सम्पन्न दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनुभएको छ । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।...
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने

नेपाल । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलगायत नेताले शुक्रबार र शनिबार नियमित संवाद गरेपछि पार्टी एकतालाई अन्तिम रूप दिएको हो । अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गङ्गाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहनुभएको छ । उहाँले कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिएको बताउनुभयो । पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नलाई लिएर एकता नरोकिने उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरको थारू आन्दोलनबाट उठेको पार्टी नाउपा र मधेशको पृथकता...
समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छः प्रधानमन्त्री ओली

समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छः प्रधानमन्त्री ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको बताए । आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको प्रधानमन्त्री ओलीले जिकिर गरे । प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे । ...
ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती

ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती

नेपाल ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताउनुभएको हो । उहाँले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गर्नुभयो। देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गर्नुयभो । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो । देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गर्नुयभो ।...
विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठ्यो, २० वर्षबाट १८ वर्षमा झार्न सुझाव

विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठ्यो, २० वर्षबाट १८ वर्षमा झार्न सुझाव

नेपाल । संसदीय समितिमा विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठेको छ । यसअघि प्रतिनिधिसभाको कानून समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्न सुझाव दिएकामा कतिपयले घटाउन नहुने तर्क गर्दै आएका छन् । तर कानून समितिका सांसदहरूले फेरि उमेर घटाउनुपर्ने विषय उठाएका हुन् । सांसदहरू नागिना यादव, रञ्जुकुमार झा, पूर्णबहादुर घर्ती लगायतले विवाहको उमेर घटाउनुपर्ने बताएका छन् । सांसदहरूको कुरा सुनेपछि गृहमन्त्री रमेश लेखकले पनि आफू विवाह गर्ने उमेर घटाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन छलफलकै क्रममा रहेको भन्दै गृहमन्त्री लेखकले विवाह गर्ने उमेर २० बाट १८ वर्षमा झार्ने कि रोमियो जुलिएट ल प्रयोग गर्ने भन्ने रहेको बताउनुभयो । रोमियो जुलिएट ल अनुसार १६ देखि १८ वर्षको बीचमा प्रेम सम्बन्धमा रहेका युवायुवतीको शारीरिक सम्ब...
नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न पाइदैनः सचिव खरेल

नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न पाइदैनः सचिव खरेल

नेपाल (हेटौँडा) । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले कुनै पनि बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन नपाइने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा हेटौँडामा आइतबार भएको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक संयन्त्र अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्र कार्यविधि निर्देशिका २०७५ ले सुरक्षा संयन्त्रको गठन, निर्देशक समिति, द्रूत उद्धार टोली, प्रदेश र जिल्ला स्तरमा संयन्त्र र सञ्जाल गठन गर्ने व्यवस्था गरेको भन्दै नियमनका नाममा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित गर्न नपाइने बताउनुभयो । कसैको असक्षमता र नबुझेका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ठिक होइन र छैन भन्नु उचित होइन भन्दै उहाँले पत्रकारिता अभिव्यक्ति स्वतन्त्रताको मा...
महायज्ञको नाममा दलित परिवारको उठीबास बनाउनेलाई कारबाही गर्न माग

महायज्ञको नाममा दलित परिवारको उठीबास बनाउनेलाई कारबाही गर्न माग

नेपाल । नेकपा (एस) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने नाममा दीपक मलिक (डोम) को घरवार भत्काइएको भन्दै भत्सर्ना गर्नुभएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले सो घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभएको हो । मलिकको परिवार त्यो ठाउँमा विगत ३० वर्षदेखि बस्दै आएको र ५ वर्षअघि मात्र ‘जनता आवास कार्यक्रम’अन्तर्गत उक्त घर बनाएर बसोबास गर्दै आएको थियो । हिन्दूवादी बजरङ्गी बाबाको निर्देशनमा मलिकको घरलाई डोजर लगाएर ध्वस्त पारिएको र घर भएको स्थानबाट अपबित्र भएको भन्दै २ फिट माटोसमेत खनेर फ्याँकिएको पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । नेपाल एक बहुधार्मिक मुलुक रहेको र यहाँ सबै धार्मिक र सामाजिक समूहबीच समानता, सबैको उत्तिकै सम्मान, मर्यादा र प्रतिष्ठा हुनुपर्ने खनालको भनाइ छ ।...
राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत

राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत

नेपाल । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट शुक्रबार विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत हुनुुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मान प्रदान गर्नुभएको हो । पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाण्डौ) र हरिराम श्रेष्ठ (गोरखा) हुनुहुन्छ । यस्तै चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम...